काठमाडौं । शान्तिका लागि सहयोगी पाइलाहरु नमक संस्थाका अध्यक्ष श्री विरु लमा (धर्म) को अगुवाईमा पाशुपत योग आश्रम पशुपतिमा एक भव्य कार्यक्रम सुसम्पन्न भयो । उक्त कार्यक्रमको सुरुमा यसै आश्रमको चोकमा रहेको कोटेश्वर मन्दिरको शिवलिंगमा माहात्मा शुशिलज्यू, श्री विरु लामा तथा उपस्थित माहुनाभाबहरुले पूजा अर्चना गर्नुभएको थियो । 
यस कार्यक्रममा गुरुपूर्णिमाको महत्वबारे डा इन्दुल केसी, डा कृष्णप्रसाद दाहाल, माहात्म शुशिलले प्रवचन दिनुभएको थियो । कार्यक्रमको अन्तमा त्यहाँं उपस्थित व्यक्तिहरु तथा मन्दिर वरपर रहनुभएका चार सय जवानलाई साकाहारी भोजन प्रसाद वितरण गरिएको थियो ।  

...

All Comments.......


Please Login/Register To Comments