भक्तपुर । भक्तपुर नगरपालिका वडा नं ४ नासमनामा संगीतमय भजन भएको छ । श्री श्यामसुन्दर राश भजन मण्डलको आयोजनामा त्यहाँं भजन भएको हो । साँंझ दुईतीन बजेदेखि रातिसम्म भजन गरिएको थियो । महेश्वरी ब्रम्हघाट सुपुर्नेश्वर महादेव भजन मण्डलका भजनियाहरुबाट भजन गाइएको थियो । भजन मण्डलमा महिला पुरुषहरु उतिकै सहभागी रहेका थिए ।
भजनमा समूहका नाइके रामबहादुर गणेजूले आकर्षक ढोलक बजाएका थिए । उनको ढोलक बजाइबाट धेरै व्यक्तिहरु मोहित भएका थिए । भजन प्रशिक्षणका गुरु मनोहरलाल श्रेष्ठ, स्थानीय डा इन्दुल केसीलगायतको सक्रियतामा भजन गाइएको थियो ।
भजनपश्चात त्यहाँं टिका तथा प्रसाद वितरण पनि भएको थियो । स्थानीयले नै चन्दा संकलन गरी त्यसबाट प्रसादको वन्दोवस्त मिलाइएको थियो ।
भजन ब्रम्हपुर चोकको टहरामा भएको थियो । भजन घरको पुननिर्माण सम्पन्न भई हस्तान्तरण नभएका कारण भजन टहरामै गरिएको थियो ।







...

All Comments.......


Please Login/Register To Comments