भक्तपुर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उमामहेश्वरको मूर्ति नेपाल फिर्ता ल्याई सम्बन्धित स्थानमा सुरक्षित राख्नको लागि नेपाल सरकारका तर्फबाट आवश्यक पहलको लागि परराष्ट्र मन्त्रालयबाट पेरिसस्थित नेपाली राजदूतावासमा समन्वयको लागि मिति २०७८ असार १६ को निर्णयानुसार पत्राचार समेत भइसकेको व्यहोरा जानकारीसहित पुरातत्व अधिकृत करुणा नकर्मीले भक्तपुर नगरपालिकालाई पत्र पठाएका छन् ।


संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उमा महेश्वरको मूर्तिको बारेमा लैनसिंह बांडेलबाट प्रकाशित गरिएको द स्टोलन इमेज अफ नेपाल पुस्तकको पृष्ठ १९६–९९ मा उमामहेश्वरको बारेमा तस्बीरसहित उल्लेख भएको विवरण र पुरातत्व विभागबाट प्राप्त प्रतिवेदनको आधारमा उक्त मूर्ति उमामहेश्वर नेपालको भएको व्यहोरा प्रष्ट भएको उल्लेख गरेको छ ।

यसअघि कान्तिपुर दैनिकमा उक्त मूर्तिको बारे समाचार छापिएपछि भक्तपुर नगरपालिकाले फ्रान्सको पेरिसस्थित एसियाली कलासम्बन्धी राष्ट्रिय संग्रहालय (गिमे म्युजियम) मा रहेको कैलाश पर्वतमाथि बसेको १३ औं शताब्दीको उमामहेश्वरको मूर्ति १९८४ मे २३ मा भक्तपुरको नासमना टोलबाट हराएको र सो मूर्ति नेपाल फर्काउन मिति २०७८ असार ३१ गते नेपाल सरकारअन्तर्गतका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, परराष्ट्र मन्त्रालय, पुरातत्व विभागमा आवश्यक पहल र सहयोगको निम्ति पत्राचार गरेको थियो ।

...

All Comments.......


Please Login/Register To Comments