भक्तपुर । भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा जगातीमा १० वटा पसल अनुगमन गर्दा दर्ता नभएकोले फिल्ड मै ८ वटा पसलहरु दर्ता गराएको बताउनु भयो ।

अनुगमनमा दाजुभाइ मिट सप, आइदा लेडिज टेलर्स, सम्पूर्ण मोटरसाइकल वर्कसप, असली टेलरिड्ड सेन्टर, भक्तपुर स्वास्थ्य क्लिनिक, निर्मला जनरल स्टोर, जगाती स्टोर, सबिना तरकारी पसल दर्ता गराएको वडा निरिक्षक रामकृष्ण प्रजापतिले बताउनुभयो ।

अनुगमनमा जय गुरु गणेश मसला पसल नविकरण गर्नुपर्ने, मुल्य सुचि राख्नु पर्ने, प्याकेजिड्ड सामानमा खाद्यबाट अनुज्ञापत्र लिई लेवल राखीमात्र विक्रि वितरण गर्ने, प्यानमा दर्ता गर्ने, सरसफाईमा ध्यान दिने, तराजु नापतौल विभागमा नविकरण गर्ने र म्याद नाघेको सामानहरु जम्बो कोक १ र जम्बो स्प्राइट १ जफत गरी नष्ट गरियो भने जगाती स्टोर दर्ता नभएकोले दर्ता गराएर मुल्य सुचि अनिवार्य रुपमा राख्न, प्याकेजिड्ड समानमा खाद्य विभागबाट अनुज्ञापत्र लिई लेवल राखी मात्र विक्रिवितरण गर्न, लेबल नभएको तोरीको तेल नबेच्न, वेगन लगायत विषादीहरु खाद्यान्नमाथि राखेर वेचविखन नगर्न र नराख्न, सरसफाईमा ध्यान दिन र म्याद नाघेको सामानहरु करी पाउडर मसला १० पाकेट, नर्पा फिस मसला ६ पाकेट, बिएमसि चिकमस ७ पाकेट, वेगन २ वटा जफत गरी नष्ट गरेकोे वडा निरिक्षक रामकृष्ण प्रजापतिले बताउनु भयो । त्यस्तै पुनम खाजा घर दर्ता प्रमाण पत्र नभएकोले दर्ता भएको भए प्रमाणपत्र देखिने गरी राख्न र दर्ता नभए दर्ता गर्न निर्देशन दिई म्याद नाघेको जम्बो कोक १ जफत गरी नष्ट गरियो ।

अनुगमनमा भनपा श्यानिटेशका उपशाखा प्रमुख दिलिप कुमार सुवाल, व.नि.रामकृष्ण प्रजापति, कर शाखाका अर्जुन खाईतु, महानगरीय प्रहरी प्ररिसरका प्रहरी सहायक निरिक्षक रेशम बहादुर कार्की, राष्ट्रिय उपभोक्ता मञ्चका मनोज थापा, उद्योग बाणिज्य संघ भक्तपुरका गौतम सुजखु, घरेलु तथा साना उद्योग संघका लक्ष्मी कवा“, स्वास्थ्य कार्यालय भक्तपुरका देवीका किजू, घरेलु तथा साना उद्योग कार्यालयका सिताराम त्वायनाको सहभागी थियो ।
...

All Comments.......


Please Login/Register To Comments