जीवनाथ अधिकारी
भक्तपुर । छन्द कविता मञ्चको संयोजन तथा प्राञ्जल नेपाल र शब्दयात्रा प्रकाशन, भक्तपुर सम्पर्क केन्द्रको आयोजनामा नव कविता वाचन कार्यक्रमको दोस्रो शृङ्खला २०७८ साउन २३ गते जुममार्फत सम्पन्न भयो । कार्यक्रमको सभापतित्व आचार्य डिल्लीराम गौतमले गर्नुभएको थियो भने प्रमुख अतिथि लेखक लोकमान मास्के तथा विशेष अतिथि शब्दयात्रा प्रकाशनका अध्यक्ष साहित्यकार÷अन्वेषक हरि मञ्जुश्री अधिकारी हुनुहुन्थ्यो । छन्द कविता मञ्चका संयोजक जीवनाथ अधिकारीले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा शास्त्रीय छन्द तथा मुक्त छन्दका कविता वाचन गरिएका थिए । कार्यक्रममा लोकमान मास्के, हरि मञ्जुश्री, डा इन्दुल केसी, जीवनाथ अधिकारी, बिरजा घिमिरे, पदम दाहाल, डिल्लीराम गौतम, पुण्यवती घले, सुनिल सापकोटा, निर्मला श्रेष्ठ, कृष्णप्रसाद गौतम, ढुण्डीराज पोख्रेल, विश्वनाथ बराल प्रेम, विनोद कोइराला, पशुपतिमान पःमाँ, हरिसुन्दर पोतामाहाँ, रमेशकुमार शर्मा, राजबाबु श्रेष्ठ सागर, प्रजापति तिमल्सिनाले आफ्ना कविता वाचन गर्नुभएको थियो भने चुलेन्द्र ढकालले कार्यक्रमबारे विचार व्यक्त गर्नुभएको थियो ।
प्रमुख अतिथि मास्केले कार्यक्रम अत्यन्त उपयोगी रहेको र नेपाली भाषासाहित्यमा योगदान पु¥याउन सक्ने रहेको बताउनुभयो । विशेष अतिथि मञ्जुश्रीले कार्यक्रम गद्य र पद्य कविताको सङ्गमस्थल रहेको बताउँदै कविको भावना र लेखनको स्तरीयताको कुनै मापदण्ड हुन नसक्ने कुरा व्यक्त गर्नुभयो ।
कार्यक्रम प्रत्येक महिनाको दोस्रो र चौथो शनिबार आयोजना हुँदै आएको छ । आगामी कार्यक्रम भदौ १२ गते हुने जानकारी छन्द कविता मञ्चका संयोजक जीवनाथ अधिकारीले दिनुभएको थियो ।...

All Comments.......


Please Login/Register To Comments