त्याग
  • Post Date 2021-08-08 09:14:10

इन्दुल के.सी
महिमा अनेकौं चर्चा परिचर्चा त्यागै त्यागको
पौराणिक कथामा, इतिहासकारले धेरै लेखे ।

रामले राज्य र आफ्नी पत्नी सितालाई त्यागे
बुद्धले परिवार त्यागे, दरबार त्यागे
विवस भई अन्तिम शाहले राजमुकुट त्यागे ।

कसैले सन्यासी बनी, आफ्नो घरबार त्यागे
स्वर्ग पुग्ने विश्वासले, कतिले ब्रम्हनालमा प्राण त्यागे
कोहि शहिद कहलाय, देशको सपुत भई जीवनै त्यागे ।

हिजो–आज पनि चर्चा–परिचर्चा त्यागै त्यागको
धन सम्पत्तिको लोभले कतिले आफ्नो मातृभूमि त्यागे
आफ्ना वृद्ध आमा–बुवालाई बेसहारा बनाइ त्यागे ।

हिजो यो देशले, टिस्ता र काँगदा सिमाना त्यागे
कोशी कर्णालीको पवित्र धेरै पानी त्यागे
के–के सन्धि र सम्झौताको नाममा, राष्ट्रकै भूभाग त्यागे ।

वर्तमान समयमा पनि नयाँ–नयाँ चर्चा त्यागै त्यागको
कसैले मन नपराई–नपराई, सिंहदरबार र बालुवाटार त्यागे
नेता र कार्यकर्ताहरुले आफ्नो आदर्श र सिद्धान्त त्यागे ।

आफ्नै स्वार्थ पूर्तिको लागि इमान र नैतिकता नै त्यागे
पारपाचुकेको आधारमा आपसी नाता नै त्यागे
श्रीमान् र श्रीमतीको वैवाहिक सम्बन्ध नै त्यागे ।

लौ अब हामी सबैले घमण्ड र निहित्त स्वार्थ त्यागौं
आफ्नै स्वदेशमा आपसमा मिलिजुली बसौं
त्यागको चर्चा परिचर्चा गर्ने कामकुरै त्यागौं ।
...

All Comments.......


Please Login/Register To Comments