डा. इन्दुल केसी., भक्तपुर
केशव — सुषमा भजन — ज्ञानगुठी नेपालबाट २०७१ सालमा प्रकाशित किताबको भजन–गंगामा मैले स्नान गर्न खोजें । यस गुठीका प्रमुख संरक्षक भजनकवि श्री केशवराज भण्डारीज्यूले रचना गर्नुभएको २४ वटा सगुण र निर्गुण भजनहरू यसमा समावेश भएका रहेछन् । आफ्नो मन्तव्यको क्रममा शताब्दी पुरुष डा. सत्यमोहन जाशीज्यूले श्रीमद् भागवत्को एक भक्तिको सम्बन्धी श्लोक—उधृत गर्नु भएको छ ः—
श्रवणं कीर्तनं विष्णो ः स्मरणं पादसेवनम् ।
अर्चनं वन्दनं दास्यं सख्यमात्म निवेदनम् ।
अर्थात ः—
१. ईश्वरको गुणगानको भजन श्रवण गर्ने, २. ईश्वरको नामको कीर्तन गर्ने, ३. ईश्वरको नाम हृदयमा सधँै राखि छोड्ने, ४. ईश्वरको पाउको सेवा गर्ने, ५. ईश्वरको सक्दो भक्तिभावले पूजा–आजा गर्ने, ६. ईश्वरलाई भित्री हृदयदेखि नै वन्दना, नमस्कार गर्ने, ७. ईश्वरको परम्भक्त सेवक भै रहने, ८. ईश्वरलाई नै आफ्नो हित्तचित्त मिलेको परम् मित्र सम्झी राख्ने, ९. पाप लाग्ने कुनै कार्य नगरी शुद्ध मनले ईश्वरलाई परम्पिता सम्झेर आफ्नो मनको कुरा बताउने । श्रीमद् भागवत महापुराणको सप्तम स्कन्ध अध्याय ५ को श्लोक नं. २३ मा उल्लेखित उक्त श्लोक भक्त प्रल्हादबाट आफ्ना पिता हिरण्य कशिपुलाई भक्तिका प्रकार बारे जानकारी गराइएको हो । यसैले यी कुराहरू भक्तजनहरूका लागि अमूल्य छन् र हिरामोतीहरू हुन् । भजन गंगामा डुबुल्कि मार्ने भक्तजनहरूले मात्र प्राप्त गर्ने यि अनमोल रत्न हुन् ।


ईश्वरप्रति आस्था राख्ने हामी सम्पूर्ण भक्तजनहरू मूर्ति, तस्वीर, शीला र लीला अनुसार आ–आफ्ना आराध्य देव देवीहरूको नाम गुणहरूको बखान गरी भक्तिगीत, भजन कीर्तन गछौं । भजन गर्ने एकलो व्यक्ति होस् या सामूहिक रूपमा होस् सस्वर अर्थात मुखारविन्दबाट देवताको भजन गर्ने गर्दछन् । विना आवाज मनैमनले भजन गरिएता पनि हृदयको धडकन भित्र भित्रै संगीत बजिरहेको हुन्छ । आस्तिकहरू ईश्वरको भजन गर्छन् । नास्तिकहरू पनि कुनै न कुनै व्यक्तिको चाकडी गरी आफ्नो मालिकलाई खुसी पार्न प्रशंसा युक्त शब्दहरू प्रयोग गरी संगीतको सहारा लिइ भजन नै गर्दछन् । “इन्दुल के. सी व्यक्ति एक दृष्टि अनेक पुस्तकको १०५ पृष्ठमा रहेको ‘सङ्गीतमय’ आध्यात्मिक भक्ति संसार” शीर्षकको लेखबाट साभार गरिएको हो ।
यसै किताबका लेखक श्री केशवराज राजभण्डारी ज्यूकै शब्दमा ः–  १. “जीव र निर्जीवले भरिएको ईश्वरबाट रचित यो संसार सदैव सङ्गीतमय रही आएको छ । ...... भगवान् शिवको डमरुबाटै विश्वमा सङ्गीतको सिर्जना भएको हो । हाम्रा गुम्बा र मन्दिरहरूमा भगवान्को प्रार्थना अर्थात् भजन गर्नुको मनसाय विश्व शान्ति कायम रहिरहोस् भन्ने उद्देश्य प्राप्तिका लागि नै हो ।” २. “भजन विनाको जीवन निरर्थक हुन्छ, भजन आनन्द र मोक्ष प्राप्तिको सिँडि हो ।”
भजन रचनाकार श्री केशवराजज्यूले २०६३ सालदेखि २०७० सालसम्मको समयमा रच्नु भएका ज्यादै राम्रा राम्रा किताबमा समाविष्ट भजनहरूमा सङ्गीतकारहरू १. श्री कमल परियार, २. श्री रामचन्द्र अन्जान, ३. श्री धनबहादुर गोपाली, ४. श्री फत्तेमान राजभण्डारी, ५. श्री गंगाधर बज्रचार्य, ६. श्री मधुु क्षेत्रीसमेतले यि भजनहरूका लागि कर्णप्रिय मधुर सङ्गीत दिएका छन् । भजनको शीर्षकहरू ः– १. प्रभूको नासो, २. जीवन, ३. मन्दिर, मस्जिद, धर्म रहेछ, ४. गणेश भजन, ५. भजन, ६. चौरासी लाख योनि, ७. निर्गुण भजन, . बुद्ध भजन, ९. सपना, १०. बालक, ११. असल जीवन, १२. गौतम र लुम्बिनी, १३. भगवती भजन, १४. अब जाने पालो मेरो, १५. राम भजन, १६. बुद्ध धर्म, १७. श्री स्वस्थानी भजन, १८. स्वर्ग, १९. भक्ति दर्शन, २०. सरस्वती वन्दना, २१. पशुपतिनाथ ।
  उल्लिखित भजन रचनाहरूको मूल विषय या भनौं मूल तàव – ईश्वरको महिमा, गुणगानको वर्णन नै रहेको छ । रचनामा प्रयोग भएका शब्दहरूको चयन तथा वाक्यका पंक्तीहरू

गेयात्मक रहेकाले रचनाकार श्री केशवराज राजभण्डारीज्यू भजन रचनामा निपूण हुनुहुन्छ भन्ने मलाई लागेको छ । वहाँको ३ वटा पुस्तकहरू १. त्रिवेणी (२०५९), २. जीवन सङ्गीत (भक्तिगीत सङ्ग्रह २०६३), ३. सगुण पनि निर्गुण पनि (भजन सङ्ग्रह २०६८) हरू पहिले नै प्रकाशित भएसकेको जानकारी यसै पुस्तकमा दिइएको छ । साथै उक्त गुठीबाट ३ वटा भजन एलबमहरू, ६ वटा भजन सिडीहरू, प्रकाशित कृति, भजन सन्ध्या भाग १ र २ हरू प्रत्यक्ष प्रशारण (२०६०) भएको जानकारी पनि पाएँ ।
केशव – सुषमा भजन ज्ञान गुठीको चित्रमय आत्मकथा ९एष्अतयचष्ब िद्यष्यनचबउजथ० को रूपमा २९९ वटा रंगिन चित्रावली नामले — ज्यादै राम्रा चित्रहरू समावेश भएको रहेछ । यी चित्रहरूमा उक्त गुठीले पहिले संचालन गरेका विभिन्न कार्यक्रमहरूमा उपस्थित रहनुभएका विशिष्ट व्यक्तिहरूबाट, गायन, प्रस्तुत भइरहेको देखिन्छ ।
यस पुस्तकमा पूर्वप्रधानमन्त्री श्री कृष्णप्रसाद भट्टराईज्यूले आफ्नै हस्ताक्षरबाट केशवजीलाई धन्यवाद दिनुभएको ऐतिहासिक फोटो सहितको पत्र र विभिन्न संघ–संस्थाहरूले त्यस गुठीलाई प्रदान गरिएका १३ वटा सम्मान पत्रहरूको फोटो पनि यस किताबमा समावेश भएका छन् ।
किताबको परिशिष्टमा उक्त गुठीबाट विभिन्न समयको कार्यक्रहरूमा सम्मान गरिएका भक्तजन भजन स्रष्टा तथा भजन संस्थाहरूको विवरण समेत समावेश भएका छन् ।
अन्तमा,
 यसरी संगीत भक्तको भक्ति मार्गमा सहायक, भगवानहरूले पनि संगीत गाएका, वाद्यवादन प्रयोग गरेका संगीतको वनस्पति जगतमा समेत पर्ने गरेको, साथै संगीत भनेको मानिसलाई हुने तनाव आदि रोगको उपचारको लागि पनि प्रयोग हुने सरल एवम् सुलभ साधन हो र संगीत सम्पूर्ण संसार भरिनै विश्व भाषाको रूपमा मानिएको पाइन्छ । तसर्थ भजन र संगीतमय जीवन नामक श्री केशवराज राजभण्डारीज्यूको किताब ज्यादै उपयोगी हँुदा सबै भक्तजनहरूले पढ्न उपयुक्त हुने विश्वास गरेको छु । धन्यवाद !
मिति ः २०७८÷४÷२५

...

All Comments.......


Please Login/Register To Comments