भक्तपुर । भक्तपुरको एभरेष्ट इगलिश स्कुलले स्कुलमा नयाँं शैक्षिक सत्रमा भर्ना हुन आएका नयाँं विद्यार्थीका अविभावकहरुका लागि फ्रेसेस वेलकम (नयाँंलाई स्वागत) कार्यक्रम गरेको छ । कोभिडका कारण जुममार्फत् भएको कार्यक्रममा स्कुलले यो वर्षदेखिका नयाँं अभिभावकहरुलाई एभरेष्ट स्कुलबारे विभिन्न जानकारीहरु गराइयो ।
कार्यक्रममा नयाँ अभिभावकहरुलाई स्कुलको इतिहास, भौतिक अवस्था, विद्यार्थी संख्या, स्कुलको वातावरण, स्कुलले गर्दै आएका विभिन्न क्रियाकलापहरु, कार्यक्रमहरु, योजनाहरु, स्कुलको संस्कृति, संस्कार आदि इत्यादिबारे जानकारी गराइएको थियो ।
स्कुलको संस्कारलाई मध्यजनर गरी निश्चित समयमै सुरु गरी एक घण्टासम्म भएको कार्यक्रमको पहिलो सेसनमा प्रिकोअर्डिनेटर, लवर सेकेण्डरी कोअर्डिनेटर, सेकेण्डरी ओअर्डिनेटर, एडमिनिष्ट्रेटिभ कोअर्डिनेटरले आआफनो सेक्सनमा भएका शिक्षक, कर्मचारीहरुको परिचयका साथै गतिविधिहरुकाबारेमा जानकारी गराएका थिए ।
यसपछि स्कुलका प्रिन्सिपल भक्त राजभण्डारीले स्कुलको संस्कार संस्कृतिकाबारेमा जानकारी दिए । त्यस अवसरमा उनले स्कुलले विद्यार्थीका जन्मदिनको रकमबाट विकट गाउँंघरका कमजोर विद्यालयलाई पुस्तक सहयोग गर्ने वर्ड डे फण्ड, स्कुलमा भएको आकाशे पानी संकलन, सोलार पावरको प्रयोग, खेर जाने फोहोरबाट कम्पोष्ट मल बनाई भएको आम्दानीबाट बनेको एभरेष्ट स्टेशनरी फण्डलगायतका विविध गतिविधिहरुबारे जानकारी दिए ।
त्यस अवसरमा उनले विद्यालयमा सवैले सवैलाई तपाई भन्नुपर्ने परिपाटी, गल्ती गर्दा वा अभिबादनमा पनि नमस्ते गर्ने परम्परा, स्कुलका कक्षाका समूहहरुमा समानताका लागि एवीसी आदि समूह नछुटाई सवैलाई समानता झक्किने लेडी बर्ड, बटर फ्लाई आदि समूह विभाजनलगायतका स्कुलका संस्कारहरुबारे जानकारी गराएका थिए ।  
ऋाफना नानीहरुलाई भर्ना हुँंदासम्मको अवस्थामा स्कुलकोबारे विविध जानकारीहरु थाहा नहुने भएकाले स्कुलबारे अधिकतम जानकारी अभिभावकहरुलाई दिन वर्षैपिच्छे स्कुलले यस्तो कार्यक्रम गर्ने गर्दै आएको स्कुलले जनाएको छ । साधारणतया अन्य स्कुलले वेलकम कार्यक्रम गरी फि स्टकचर, साँंस्कृतिक कार्यक्रम आदिइत्यादि गरी मात्रै गर्नै प्रचलन छ ।

...

All Comments.......


Please Login/Register To Comments