बिराज अधिकारी
गण्डकीको प्रमुखका रुपमा तनहुँ चापाघाटका अम्बिका आचार्यले कार्यभार सम्हालेका छन् । लामो समय सहायक, जिल्ला शिक्षा अधिकारी, शैक्षिक तालिम केन्द्र गण्डकी प्रमुख आदिको जिम्मेवारी सम्हालिसकेका आचार्य धादिङबाट पोखरा पुगेका हुन् ।
सोमबारबाट जिम्मेवारी सम्हालेका आचार्यले प्रदेशको शिक्षा क्षेत्रका समस्या समाधानका लागि सबैको सल्लाहबाट अघि बढ्ने प्रतिवद्धता जनाएका छन् । ‘सबैको सल्लाहबाट समस्या समाधानमा लाग्नेछु,’ उनले भने ।
के छन् नयाँ योजना ?
आचार्यले शिक्षाका लागि प्रमुख पाटो शिक्षक नै भएकाले उनीहरुलाई प्रोत्साहन र असल शिक्षकको प्रचार र मूल्यंकनको योजना अघि सारेका छन् । ‘सामुदायिक विद्यालय र क्याम्पसको विकासमा शिक्षकको अति धेरै भूमिका हुन्छ,   उनले भने,‘तर कतिपयको क्षमता भए पनि प्रोत्साहन नहुँदा बाहिर आउन सकेको छैन । कतिपयमा उत्साह पनि देखिन्न । हामीले दुवैलाई हुने गरी काम गर्दैछौं ।’

उनले असल शिक्षकले आफ्ना कक्षाको व्यवस्थापन गरेको विषय सबैमाझ पु¥याउने र प्रतिष्पर्धात्मक आधारमा पुरस्कृत गर्ने नीति लिने बताए । ‘यसले असल काम गर्नेलाई हौसला हुनेछ,’ उनले भने,‘अरुलाई पनि नैतिक दबाब पर्नेछ ।’

२८ वर्षदेखिको अनुभवका आधारमा शिक्षा व्यवस्थापनमा जोड दिने बताएका आचार्यले
सामुदायिक विद्यालयको नयाँ नियममा अभिभावक हुन नसकेका तर विद्यालयको स्थापना र शिक्षामा भूमिका खेल्नेहरुलाई टोल शिक्षा समितिको अवधारणामा समेटेर विकासमा जोड्ने पनि योजना सुनाए...

All Comments.......


Please Login/Register To Comments