बिराज अधिकारी।
विश्व मै दुर्लभ मानिएको रोग पुष्टि भएपछी मुहम्मद उस्मानका परिवारले सहयोगको अपील गरेका छन्।
तनहुँ शुक्लागण्डकी नगरपालिका वडा नम्बर ५ का ९ महिने बालक मुहम्मद उस्मान अलीमा इपाइनल मस्कुलर एट्रोफी नामक रोग भेटिएपछि उनको उपचारको लागि परिवारजनबाट सहयोगको याचना गरिएको हो।
बच्चा जन्मिंदा सामान्य अवस्थामा रहेपनि ३ देखि ६ महिनाको अवधिमा यो रोगको लक्षण देखिन थाल्छ। जन्मिएको केही हप्ता वा महिनामा शरीर निष्क्रिय बन्दै जाने, टाउको उठाउन नसक्ने, शरीरमा कुनै प्रकारको हकचल नहुने, जहाँ सुतायो सुतिरहने जस्ता लक्षण बढ्दै जान्छ। र अन्तमा शरीरका सम्पूर्ण मांसपेशी नै शिथिल बन्न पुग्दछ।
मेडिकल साइन्समा असम्भवको सम्भावना हुँदैन। एसएमए (इस्पाइनल मस्कुलर एट्रोफी) नामक यस बिरामीको उपचार सम्भव छ, तर यसको उपचारमा करोडौं रुपैयाँ खर्च लाग्दछ। विश्वभरका १० हजार बालबालिका मध्ये एकजनामा देखिने यो रोग आमाबाबुको ‘ड्यामेज जीन’ सन्तानमा सर्दा हुने दुर्लभ रोग हो।...

All Comments.......


Please Login/Register To Comments