पूर्व प्रावि तहमा कार्यरत शिक्षिकाहरुद्वारा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिलाई आइतबार ज्ञापन पत्र बुझाएको छ । नगरप्रमुख प्रजापतिलाई ईसीडी शिक्षक संघर्ष समिति, भक्तपुरका अध्यक्ष श्वेता छुस्याकीले ६ बुँदे मागसहितको ज्ञापन पत्र हस्तान्तरण गर्नुभएको हो ।
ज्ञापन पत्र ग्रहण गर्नुहुँदै नगर प्रमुख प्रजापतिले नगरभित्र संचालित सामुदायिक विद्यालयहरूमा कार्यरत इसिडी शिक्षकहरूलाई दिइँदै आएको प्रोत्साहन रकमलाई यस वर्ष पनि निरन्तरता दिएको बताउनुभयो । ‘परिस्थिति सहज भए पछि विगतका वर्षमा झैं तालिम सञ्चालनलाई अगाडि बढाइनेछ’ — उहाँले भन्नुभयो ।
उहाँले संघ सरकारले घोषणा गरे बमोजिम शिक्षकहरूको तलब समायोजनको लागि आवश्यक व्यवस्था गरिने बताउनुहुँदै कोभिड महामारीका कारण पर्यटन क्षेत्रमा प्रत्यक्ष असर परेको बताउनुभयो ।
आधारभूत विद्यालयहरूको शैक्षिक स्तर उठाउन सबै विद्यालयहरूमा आवश्यक शैक्षिक सामग्री उपलब्ध गराउँदै आएको बताउनुहुँदै उहाँले ईसीडी शिक्षकहरुको समस्याहरुबारे नगरपालिकाको ध्यानाकर्षण भएको प्रष्ट पार्नुभयो ।
उक्त ज्ञापन पत्रमा पूर्व प्राथमिक तहका शिक्षकहरुलाई तलब वृद्धि गर्नुपर्ने, बाल विकास केन्द्रका शिक्षकहरुका लागि ‘मन्टेश्वरी विधि’ को तालिम व्यवस्था र शैक्षिक सामाग्रीहरुको बन्दोबस्त गर्नुपर्ने, बाल विकास केन्द्रका विद्यार्थीहरुकोउचित स्याहारसुसार गर्न २० जना विद्यार्थीका लागि एक जना सहयोगी (आया) को बन्दोबस्त गर्नुपर्नेलगायतका मागहरु समाविष्ट छन् ।
    नेपाल क्रान्तिकारी शिक्षक संघका गणेशराम थुसाले भक्तपुर नपाले शिक्षा क्षेत्रमा गरिरहेको उदाहरणीय काम प्रशंसनीय भएको बताउनुहुँदै ईसीडी शिक्षकहरुको मागहरु सम्बोधन गर्न नगरपालिकाको ध्यानाकर्षण गराउनुभयो ।...

All Comments.......


Please Login/Register To Comments