मध्यपुर थिी पेप्सीकोलाको अवस्थित हार्डवयरबाट चोरी गरेका फरार भएका दुई व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरेका छन्। मोरङ विरेन्द्रनगर न.पा. वडा नं. ३ घर भई हाल काठमाण्डौ कपन बस्ने बर्ष ५१ को राजु तामाङ, सिन्धुपाल्चोक भोटेकोशी नगरपालिका वडा नं. ६ घर भई हाल काठमाण्डौ कपनमा नै बस्ने बर्ष ४२ को छिरिङ शेर्पालाई नियन्त्रणमा लिएको हो।


मिति २०७८÷०४÷१५ गते विहान अन्दाजी ०९ः३० बजेको समयमा भक्तपुर जिल्ला मध्यपुर ठिमी न.पा. वडा नं. २ सानोठिमी स्थित दिव्येश्वा री प्लानिङ नजिकै जिल्ला अर्घाखाँची भुमिकास्थान न.पा. वडा नं. ४ घर भई हाल जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं. ३२ पेप्सिकोला बस्ने पवित्रा भुसालले संचालन गरेको आकृति हार्डवयर पसलमा पसलेले नचिनेको २ जना मानिस सामान किन्ने बाहानामा पसल भित्र पसी पसल धनीलाई अलमल्याई पसलको घर्राबाट नगद रु. १,००,०००।– (एक लाख रुपैया) र रु. ३५,०००।– (पैत्तिस हजार) को नेपाल बैंकको चेक थान १(एक) चोरी गरी फरार भएको भन्ने महानगरीय प्रहरी बृत्त ठिमी भक्तपुरमा ऐ. मितिमा नै पिडितले दिएको निवेदनको हुलियाको आधारमा चोरी गरी फरार भएका

मानिसहरुको खोजतलास गर्दै जाने क्रममा महानगरीय प्रहरी बृत्त ठिमी भक्तपुरबाट प्र.नि. पञ्चलाल गोलेको कमाण्डमा महानगरीय प्रहरी परिसर अपराध शाखाको अनुसन्धान अधिकृत सहितको संयुक्त प्रहरी टोलीले सुक्ष्म अनुसन्धान गर्दै खो.त. गर्दै जाँदा  मिति २०७८÷०४÷२९ गते दिउसो १६ः३० बजेको समयमा भक्तपुर जिल्ला सूर्यविनायक न.पा. वडा नं. २ बालकोटमा पिडितले दिएको हुलिया विवरणसंग मिल्दा जुल्दा २ जान मानिसहरु प्रदेश ३–०२–००३ प १९९० नं. को स्कुटरमा चढी शंकास्पद गतिविधी गर्दै हिडिरहेको फेला पारी कानूको रित पुर्या ई पक्राउ गरी प्रारम्भिक अनुसन्धान गर्दा पिडितसंग सनाखत गराउदा पक्राउ परेका निम्नलिखित वतन भएका राजु तामाङ र छिरिङ शेर्पाले नै मिति २०७८÷०४÷१५ गते आकृति हार्डवयरबाट चोरी गरेको मानिसहरु भएको देखिएकोले निजहरुलाई महानगरीय प्रहरी बृत्त ठिमी भक्तपुरबाट थप अनुसन्धान भई रहेको जनाएको छ।
...

All Comments.......


Please Login/Register To Comments