बिराज अधिकारी
तनहुँ । आफ्नै घरको छतबाट खसेका दमौलीका एक सनिक जवानको ज्यान गएको छ ।
आईतबार राती छतको रेलिङबाट खसेका व्यास ३ देउरालीनगर निवासी ३७ वर्षिय सैनिक हवल्दार लछुमन् थापाको उपचारका क्रममा दमौली अस्पतालमा आईतबार राती निधन भएको प्रहरी नायब उपरीक्षक युवराज तिमल्सिनाले जानकारी दिए ।


खैरेनीटार ३ नं बाहिनीमा हवल्दार पदमा कार्यरत उनी बिदामा रहेका बेला दुई तल्ला अग्लो घरबाट खसेको प्रहरीले प्रारम्भिक विवरण दिएको छ । सडकमा खसेका उनको छिमेकी र परिवारले उद्धार गरेर ल्याएकोमा राती नै निधन भएको बताइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी तिमल्सेनाले बताए ।
...

All Comments.......


Please Login/Register To Comments