आन्दोलन
  • Post Date 2021-08-18 09:34:15

डा इन्दुल केसी
सम्पूर्ण मेरो जीवन आन्दोलनमय
बालकबेला मिठो खाना, राम्रो नानाको लागि
असल शिक्षाको लागि, स्कूल कलेज विद्यार्थी आन्दोलनमा ।

युवा अवस्था सत्याग्रहीको साथमा
मौन जुलुस, राँके जुलुसमा
भद्र अवज्ञा सडक आन्दोलनमा ।

राष्ट्रसेवक – कर्मचारी हुँदा
आफ्नो जागिरको पर्वाह नगरी
सक्रियभै कर्मचारी आन्दोलनमा ।

आफ्नो टोल वरिपरिका क्षेत्रहरुमा
पिक, साबेल, कुचो आफुले पनि बोकी
ईनार, नदी, जलाशयहरुको सरसफाई आन्दोलनमा ।

अहिले बुढ्यौली शारिरीक कमजोर अवस्थामा पनि
अन्याय, अत्याचार, शोसन, दमनको विरोधमा
स्वतन्त्र पत्रकार भई पत्रकारी आन्दोलनमा ।

जीवन मेरो आन्दोलनको प्रायः नेतृत्वदायी भूमिकामा ।।

...

All Comments.......


Please Login/Register To Comments