हलिउड चर्चित गायक बब डिलनलाई यौन शोषणको आरोप लागेको छ । १२ वर्षको हुँदा डिलनले यौन शोषण गरेको भन्दै एक महिलाले उनी माथि आरोप लगाएकी हुन् । जेसी नाम गरेकी महिलाले गत साता डिलन विरुद्ध एक उजुरी दर्ता पनि गरेकी छिन् ।

जसमा डिलनले २३–२४ वर्षको उमेरमा संगीतकार भएको फाइदा उठाउँदै मदिरा खुवाएर कयौँ पटक आफ्नो यौन शोषण गरेका थिए । हाल ६८ बर्षकी पुगेकी ती महिलाले आफू माथि लगाएको आरोप शतप्रतिशत झुटो रहेको डिलनको भनाइ छ । कयौँ पटक ग्रामी पुरस्कार साथै साहित्यको नोवल पुरस्कार समेत पाएका डिलन अहिले ८० वर्ष भएका छन् । हाल उनको मुद्दा न्युयोर्कको सुप्रिम कोर्टमा चलिरहेको संचारमा उल्लेख छ ।
...

All Comments.......


Please Login/Register To Comments