भक्तपुर । १८२ औं विश्व फोटोग्राफि दिवसको अवसरमा किपाग्राफि भक्तपुरले “सिकौं र सिकाऔं”भन्ने नाराका साथ फोटो कन्टेष्ट इन फोटोवाल्क शीर्षकमा फोटो प्रतियोगिताको आयोजना गरी मनाइयो ।


कार्यक्रमका संयोजक सुरेश राजशाक्यले काठमाडौं, ललितपुर, भक्तपुर लगायत दोलखाका फोटोग्राफरहरुको उलेख्य उपस्थिती रहेको जानकारी गराउनुभयो ।
संस्थाका उपाध्यक्ष पदमसुन्दर शाक्यले किपाग्राफि भक्तपुरले संस्थाको स्थापनाकालदेखि नै विश्व फोटोग्राफि दिवसमा विभिन्न कार्यक्रम गरी मनाउदै आइरहेको र यसपटक विभिन्न ठाउँमा छरिएर रहेका फोटोग्राफरहरुलाई एकै ठाउँमा संगठित गरी “सिकौं र सिकाऔं”भन्ने उद्घेश्यले पहिलो पटक फोटो कन्टेष्ट इन फोटोवाल्कको आयोजना गरिएको बताउनुभयो ।
सो कार्यक्रममा निर्णायकद्वय नारायणप्रसाद बोहजु तथा लक्ष्मण कर्माचार्यले फोटो प्रतियोगितामा प्राप्त फोटाहरु उच्च कोटीको भएको र विश्व फोटोग्राफि दिवसको महत्वकोबारेमा चर्चा गर्नुभएको थियो ।

प्रतियोगितामा उज्वलचन्द्र बुदाचार्य, सन्तोष सुवाल तथा कृष्णश्वरी दुवालले क्रमशःप्रथम, उज्वलचन्द्र बुदाचार्य, सन्तोष सुवाल तथा कृष्णश्वरी दुवालले क्रमशःप्रथम, द्धितिय र तृतिय र तृतिय पुरस्कार प्राप्त गर्नु भएको थियो ।

...

All Comments.......


Please Login/Register To Comments