डा इन्दुल केसी
यस किताबका लेखिका–स्मृति निबन्धकार निर्मला श्रेष्ठज्यूले लेख्नुभएको “आफू अरुका लागि” किताब शब्द यात्रा प्रकाशनको १३५ आं प्रकाशन पुष्पको रुपमा पाठक समक्ष आएको छ । यस किताबमा दिइएको परिचय अनुसार लेखिका उच्च शिक्षा हासिल गरेकी र स्वेदश तथा विदेशहरुमा भ्रमण गरी धेरै अनुभव बटुलिएकी, लिङ्कन इन्टरनेसनल बोर्डिङ स्कूल बेनपामा लगायत विभिन्न ९ वटा संघ संस्थाहरुका संस्थापक, नेपाल रेडकर्स सोसाइटी लगायत १२ वटा विभिन्न सामाजिक सहकारी, राष्ट्रिय बैंक, इत्यादी संस्थाहरुमा आवद्ध सक्रिय महिला हुनुहुन्छ ।
नाला टुसाल, काभ्रेमा २०२५ सालमा जन्मनु भएकी श्रेष्ठ महिलावर्गको सशक्तीरणको लागि जीवन बिताइ रहेकी अभियन्ताको रुपमा सुपरिचित छिन् । यस किताबको माध्यमबाट नेपाली साहित्य क्षेत्रमा एक नारी हस्ताक्षरको रुपमा झुल्कन आउनु भएको छ ।
अधिकांस मानिस अरुका लागि होइन, आफ्नै व्यक्तिगत जीवनको लागि बाँच्दछन् तर निर्मला श्रेष्ठ आफू अरुका लागि बाँच्ने महिलाको रुपमा बाँचिरहनु भएका प्रमाणको दस्तावेज यो किताबको माध्यमबाट दिनुभएको छ । यस किताबमा जम्मा १९ वटा निबन्धहरु छन् । आफे जन्मस्थान नालाको परिचय, आफूलाई जन्म दिने आमा–बुबा, परिवारजन, मित्रहरु, अभिभावक, गुरुहरुको यथोचित्र सम्मान आदरका भावनाहरु प्रचुरमात्रामा आकर्षक ढंगले प्रस्तुत गर्नुभएको छ ।
आफ्नो शारीरिक अवस्था “खोल्टी” हुनुपरेको र बाल मस्तिष्कमा परेको अमिट छाप, आफ्नो देब्रे गोडा कमजोर र बाङ्गो भएको, शान्त भवन अस्पतालमा अपरेसन गरिएको, पोलियोबाट पीडित, अहिले पनि सामान्य व्यक्तिसरह जुत्ता लगाउन आफू असमर्थ भएको ज्यादै दुःखदाइ जीवनको व्यथालाई – “आफूलाई प्राप्त दुःखलाई पनि अवसरका रुपमा स्वीकार गर्न सकेको खण्डमा भने आफूलाई खुम्च्याएर बस्नु नपेर्न मेरो व्यवहारिक उपलब्धि हो ।” भनी सगर्भ गरिएको वहाँको भनाइ अरुको लागि ज्यादै महत्वपूर्ण प्रेरण मान्नुपर्छ ।
भगवान कणकणमा व्याप्त हुन्छन् । हाम्रो नाङ्गो आँखाले नदेखेता पनि सबैतिर भगवान् बसेको हुन्छन् भन्ने अदृश्य दैवीक भक्ति प्रति आफू इमान्दार रहेको तर कुनै मन्दिर गएर पूजा गर्न र आफ्नो मनकामना पूरा गर्ने अभिलाषामा, कुनै व्रत पूजा अहिलेसम्म गरी नसकेको यथार्थ सपष्ट कुरा निबन्धकारले लेख्नु भएकी छिन् ।
रामचन्द्रजी वहाँको व्यवहारिक गुरु, जीवन बादे श्रेष्ठ महिला सशक्तीकरणमा गुरु, प्रतिभा सुवेदीजी सहकारी अभिभावक, भारतका प्रेमपाल रावतज्यूलाई आफूलाई चिनाउने आध्याम्तिक गुरु तथा यो किताब लेख्न आवश्यक सरसल्लाह र प्रेरणा दिनुहुनेमा डा. इन्दुल केसीलाई मान्नुहुन्छ ।
हाम्रो कृषि प्रधान देश भएकोले आफूपनि बाँच अनि अरुलाई पनि बचाउँ भन्ने भावनाले अगार्निक खेतिको अभियानमा लाग्नुभएको छ । विषादी र रसायनिक मलको अन्नधुन्न प्रयोगले हाम्रो समाजमा कडा प्राण घातक रोगहरु क्यान्सर, सुगर, प्रेसर, छाला, हड्डी खिइने, नसा च्यापिने, हर्ट एट्याक सम्बन्धि विविध रोगहरु लाग्ने भएकोले कृषि प्रवद्र्धनको लागि युवा वर्गलाई अर्गानिक खेतितर्फ लाग्नु वहाँ प्रेरकको रुपमा रहनुभएको देखिन्छ । “विदेशी होइन स्वदेशी खोजौं, विषादी होइन, अर्गानिक नै रोजौं” भन्ने मूल नारा बोकी उद्यमशीलता विकास गर्ने निर्मला श्रेष्ठको धोको रहेको छ ।
किताबको उपसंहारमा – आफ्नो जीवन अरुका लागि उपयोग गर्न चाहने सम्पूर्ण सचेत व्यक्तिका लागि यो किताब, आफ्नो अभियान र आफ्नो जीवन समर्पित गर्नुभएको अभिव्यक्ति पोख्नु भएको छ ।
आफ्नो बाल्यकालदेखि वर्तमान समयसम्म पारिवारिक, सामाजिक, आर्थिक, शैक्षिक लगायत विविध पक्षमा संघर्षशील भई आत्मविश्वासका साथ अघि बढिरहेको कुरामा आधारित आत्मकथात्मक निबन्धहरुलाई उहाँले रोचक र मार्मिक रुपमा यस पुस्तकमा प्रस्तुत गनुृभएको छ । जीवन भोगाइका क्रममा हरेक मानिसले अनेकों उकाली र ओराली पार गर्छ, सुखदुःख भोग्छन् । आफ्नो सीमित परिवारको स्वार्थपूर्तिका लागि जीवन व्यतीत गर्ने गर्छन् । केही नगन्य रुपमा निर्मला श्रेष्ठ जस्ता व्यक्तिहरु मात्र समाजमा देखा पर्छन्, जसले व्यक्तिगत स्वार्थका लागि होइन, समाज र राष्ट्रका लागि अभियन्ताका रुपमा जीवन अर्पण गर्छन् ।
किताबको प्रकाशक शब्दयात्रा प्रकाशनका अध्याक्ष हरि मञ्जुश्रीले प्रकाशकीय लेखनमा भन्नुभएको “यस पुस्तक पढ्दा पाठकहरुलाई सकारात्मक सोच राख्ने हो भने अरुको हितमा आफूलाई समर्पित तुल्याउन सकिँदो रहेछ भन्ने प्रेरणा प्राप्त हुनेछ” भनाई सत्य सावित हुन्छ भन्ने यो टिप्पणीकारलाई लागेको छ । इन्जिनियर रोशन मञ्जुश्री अधिकारीज्यूले आकर्षक ढंगमा साजसज्जा गर्नुभएको मूल्य मात्र रू.१३०।– रहेको यो किताब पठ्नीय छ ।
निर्मला श्रेष्ठ, लेखिका
सम्पर्क ९८५११९०६०६
 

...

All Comments.......


Please Login/Register To Comments