भक्तपुर । नेकपा माओवादी केन्द्रले संगठनात्मक गतिविधि तिब्र बनाउँदै गर्दा भक्तपुरमा माओवादी केन्द्रप्रति आकर्षण देखिएको छ । केही दिन यता विभिन्न कार्यक्रममा माओवादी केन्द्र प्रवेश गर्नेहरुको लहर चलेको जिल्ला अध्यक्ष डिपी ढाकालले बताएका छन् । शनिबार सुर्यविनायक नगरपालिकामा आयोजित कार्यक्रममा पनि १६७ युवा माओवादी प्रवेश गरेका थिए ।
नवप्रवेशीलाई माओवादी केन्द्रका स्थायी समिति सदस्य वर्षमान पुन, केन्द्रीय सदस्य तथा वाईसिएल अध्यक्ष रामप्रसाद सापकोटा, केन्द्रीय सदस्य दिलिप प्रजापती, भक्तपुर जिल्ला अध्यक्ष डिपि ढकाल लगायतले स्वागत गरे ।
वाइसिएल सुर्यविनायक नगर भेला  बोल्दै नेता पुनले बृहत कम्युनिष्ट एकता गर्ने तयारीका साथ गरिएको माओवादी एमाले एकता केपी ओलीका कारण असफल भएको बताए । ‘उनको प्रतिगामी सोचका कारण नेकपा विघटन भयो । ओलीको व्यवस्था विघटन गराउने तयारी विरुद्ध हामीले संघर्ष गरेर व्यवस्था बचायौं । अहिले उनीहरु परमादेशको सरकार भनिरहेका छन् । त्यसो भन्नेले राजीनामा दिए हुन्छ, ‘पुनले भने ।
नेता पुनले आगामी चुनावपछि माओवादी केन्द्र देशकै सवैभन्दा ठूलो वामपन्थी दल बन्ने घोषणा गरे । ‘आगामी चुनावपछि माओवादी केन्द्र सवैभन्दा ठूलो वामपन्थी दल बन्छ । तपाइहरु त्यसका लागि लाग्नुस ।’
कार्यक्रममा बोल्दै वाइसिएल अध्यक्ष सापकोटाले कम्युनिष्ट आन्दोलनकै खराब व्यक्तिका अवैध सन्तान भक्तपुरमा पनि रहेको भन्दै त्यस्तालाई अगामी चुनावमा हराउनेगरि तयारी थाल्ने निर्देशन दिए ।
भक्तपुर जिल्ला अध्यक्ष ढकालले महेश बस्नेत अवको चुनावबाट भक्तपुरको भूपु सांसद हुने ठोकुवा गरे । केही समयअघि एमाले नेता बस्नेतले माओवादीलाई भक्तपुरमा गुगलमा खोज्नुपर्ने घोषणा गरेका थिए । त्यसको जवाफ दिदै नेता ढकालले भने, ‘माओवादीलाई गुगलमा खोज्ने हैन महेशजी अवको चुनाव पछि भक्तपुरको भूपु सांसद भएर घुम्नुहुनेछ ।’ ‘केपी ओली भक्तपुर आएर धेरै विकास गरेको गफ गरेर गए, तर उनको पालामा विकास हैन भ्रष्टाचार र अनियमितता धेरै भएको रहेछ भन्ने कुरा महालेखाले निकालेको रिपोर्टमा ४ खर्ब रुपैंया बेरुजु भएको बाट पुष्टि भएको छ ।’ कार्यक्रममा सुरेन्द्र सुवालको अध्यक्षतामा ४१ सदस्यीय वाईसिएलको नगरकमिटि घोषणा गरिएको थियो ।

...

All Comments.......


Please Login/Register To Comments