काभ्रे÷ काभ्रेको महाभारत गाउँपालिका बागमति प्रदेशका गाउँपालिकाहरुमध्ये पहिलो तथा स्थानीय तहहरुमध्ये दोस्रो हुन सफल भएका छन् । महालेखा परीक्षकको कार्यालयको ५८ औँ वार्षिक प्रतिवेदन, २०७८ अनुसार महाभारत गाउँपालिका प्रदेशको १३ जिल्लाका ७४ वटा गाउँपालिकामध्ये उत्कृष्ट र ११९ स्थानीय तहमध्ये दोस्रो हुन सफल भएको हुन् ।
महालेखाले महाभारत गाउँपालिकाको ६७ करोड ७९ लाख १३ हजारको लेखापरिक्षणबाट ०.४३ प्रतिशत अर्थात् २९ लाख ४० हजार बराबरको बेरुजु देखिएको वित्तिय प्रतिवेदनमा उल्लेख गरेको छ । जुन प्रदेशभरकै कम बेरुजु भएको स्थानीय तहमा दोस्रो स्थानमा पर्छ ।
गत वर्ष करिब दुई करोड बेरुजु देखिएकामा यस वर्ष गाउँपालिकाले बेरुजु तथा सुशासनको क्षेत्रमा उल्लेख सुधार भएका छन् । गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बा ‘संसार’ले गाउँपालिकाबासी, कर्मचारी र जिल्लाका सबै सरोकारवालाहरुको सामुहिक प्रयासका कारण यो सम्भव भएको बताए । प्रदेशकै उत्कृष्ट गाउँपालिका बनेपछि महाभरतवासी मात्र होइनन् जिल्लावासी पनि खुसी भएका छन् ।
स्थानीय तथा स्वास्थ्यकर्मी समेत रहेका रेशम योञ्जनले राजनीति पूर्वाग्रह त्यागेर समाजसेवामा समर्पित नेता र नेतृत्व भएका कारण महाभारतले प्रगति गर्दै गएको बताए ।
त्यस्तै प्रदेशका स्थानीय तहहरुमध्ये दोलखाको बैतेश्वर गाउँपालिकाको बेरुजु सबैभन्दा बढी देखिएको छ । महालेखाको वित्तिय सुचक अनुसार उक्त गाउँपालिकाको १४.०९ प्रतिशात अर्थात् १२ करोड ४८ लाख ४२ हजार बेरुजु देखिन्छन् ।
त्यसैगरी काभ्रेको १३ स्थानीय तहमध्ये सबैभन्दा बढी तेमाल गाउँपालिकाको ९.७० प्रतिशात (९ करोड २४ लाख ४ हजार) बेरुजु देखिएको छ ।
कम बेरुजु हुनेमा रामेछाप नपा प्रदेशकै पहिलो
महालेखा परिक्षक कार्यालयको वित्तिय प्रतिवेदन अनुसार रामेछाप जिल्लाको रामेछाप नगरपालिका बागमती प्रदेशकै उत्कृष्ट स्थानीय तह बनेका छन् । बागमती प्रदेशमा महानगरपालिका ३, उपमहानगरपालिका १, नगरपालिका ४१ र गाउँपालिका ७४ गरी १ सय १९ वटा स्थानीय तह रहेका छन् ।
महालेखाले प्रदेशकै उत्कृष्ट रामेछाप नपाको २ अर्ब २ करोड २६ लाख १४ हजारको लेखापरिक्षणबाट ०.३० प्रतिशत बेरुजु देखिएको वित्तिय प्रतिवेदनमा उल्लेख गरेको छ । रामेछाप नपा प्रदेशकै उत्कृष्ट हुँदा नगरपालिकामध्ये सबैभन्दा बढी काठमाडौँको तारकेश्वर नपाको ११.१६ प्रतिशात बेरुजु देखिएका छन् ।
त्यस्तै प्रदेशकाभरका महानगरपालिकामध्ये सबैभन्दा कम चितवनको भरतपुर २.०२ प्रतिशात र सबैभन्दा बढीमा काठमाडौँ महानगरपालिका ११.८६ प्रतिशात बेरुजु देखिएका छन् ।...

All Comments.......


Please Login/Register To Comments