वीपी राजमार्गमा अन्तर्गत काभ्रेको रोशी गाउँपालिका ७ मा पहिरोले मोेटरसाईकल पुरिदा एक जनाकोे मृत्यु भएको छ । काठमाडौँबाट जनपुरतर्फ जाँदै गरेको ज ८ प ७४०९ को मोटरसाइकलमा सवार २ जना मध्ये १ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा मोटरसाइकल चालक महोत्तरी रोमगोपालपुरका सरोज कुमार साह रहेका जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी डिएसपी हरी खतिवडाले जानकारी दिए ।

सोही मोटरसाइकलमा सवार जनकपुरका सचित कुमार साहको भने धुलिखेल अस्पतालमा उपचार भइरहेको डिएसपी खतिवडाले जानकारी दिए ।...

All Comments.......


Please Login/Register To Comments