भक्तपुरको सिद्धि स्मृति महिला तथा वाल अस्पतालमा शुक्रबार विहानदेखि आन्दोलन चलिरहेको छ ।चिकित्सको लापरबाहीले महिलाको मृत्यु भएको भन्दै अस्पताल अगाडि आन्दोलन भएको छ । सुत्केरी हुन हिडेर आएकी एक महिलाको डाक्टरको लापरबाहीका कारण मृत्यु भएको भन्दै पीडितले शुक्रबार आन्दोलन गरेका हुन् ।


घटना विवरण अनुसार जिल्लाको मनदन देवपुर नगरपालिका वडा नम्बर १ काभ्रेस्थित वर्ष ३० की रीता तामाग गर्भवती भएदेखि अस्पतालमा निरन्तर फलोअपमा थिइन्। त्यही क्रममा पछिल्लो मंगलरबा हिडेर उनी अस्पताल पुगेकी थिइन् । त्यतिबेला चिकित्सकले डेलीभरी समय भएको भन्दै उनको अप्रेशन गरे । अप्रेशनपछि उनले छोरीको पनि जन्म दिइन् । तर आमा शिकिष्ट भइन् । त्यसपछि उनको आज शुक्रबार विहान शिक्षण अस्पतालका चिकित्सकले मृत घोषणा गरे ।

पीडितहरुका अनुसार चेकअपका लागि उनी हिडेर आएकी थिइन् । तर त्यस्तो मानिसलाई मृत्युको मुखसम्म पुयाएको आरोप पीडितहरुको छ । श्रीमान् धनबहादुरले चिकित्सकको लापरबाहीले श्रीमतिको मृत्यु भएको आरोप लगाए । हिडेर आएकी श्रीमतिलाई मृत्युको मुखसम्म पुयाउने चिकित्सकमाथि कारबाही हुनुपर्छ उनले भने, जन्मेकी शिशुको भविष्य पनि सुनिश्चत हुने गरी अस्पतालले बन्दोवस्त मिलाउनुपर्छ ।

पीडितहरु शुक्रबार विहानदेखि अस्पताल परिसरमा धर्नामा छन् । धर्नाको यो क्रम समाचार तयार पार्दासम्म पनि जारी छ । शिशु भने अहिले पनि सिद्धि स्मृति अस्पतालमै छन् । पीडित पक्षसँंग अस्पताल प्रशाशन अहिले वार्तामा वसिरहेको छ । तर वार्ताको निष्कर्ष यो समाचार तयार पार्दासम्म आएको छैन ।

...

All Comments.......


Please Login/Register To Comments