नेटफ्ल्क्सिको बहुप्रतिक्षित सिरिज ‘मनी हाइस्ट ५’ आज बाट सुरु भएको छ । दुई भागमा प्रदर्शन गरिने यो सिरिजको पहिलो भाग २०२१ सेप्टेम्बर आजबाट र दोस्रो भाग यही वर्षको डिसेम्बर ३ मा रिलिज हुनेछ । नेपाली समयानुसार शुक्रवार दिउँसो १२ बजेदेखि नेटफिल्क्समा यसको स्ट्रिमिङ सुरु भएको हो ।

यसको आधिकारिक स्पेनिस भर्जनको अन्तिम सिजनमा मिगेल एन्जल सिल्वेस्ट्रे र प्याट्रिक क्रियाड पनि थपिएका छन् । यो अन्तिम १० एपिसोडले डेन्भरका बाल्यकालका साथी मनिलाको कथा बताउने छ । यस सिरिजका सर्जक एलेक्स पिना कार्यकारी निर्माताको रूपमा रहेकी छिन् ।

एपिसोड १ को शीर्षक द इन्ड अफ दी रोड, एपिसोड २ को शीर्षक डु यु बिलिभ इन रि–इनकार्नेसन राखिएको छ । पिनाको अनुसार ‘हामीले अघिल्लो १० एपिसोडका सिजन हेरेर गरिएको अनुमानलाई परिवर्तन गर्नुपर्छ र पुरै नयाँपन ल्याउन हामीले हर प्रयास गरेका छौ ।

हामीले पुरै ग्याङलाई खतरामा हालेर पुरै आक्रमक विधामा काम गर्ने निर्णय लियौँ । दोस्रो भागमा हामीले पात्रहरूको भावुक दृश्यहरूमा जोड दिएका छौँ । यो उनीहरूको भावनात्मक नक्साको यात्रा हो, जसले हामीलाई सिधै प्रस्थानसँग जोड्छ ।” विश्वव्यापी रूपमा एक ठुलो हिट सिरिज साबित भएको यस सिरिज अब कोरियन भाषामा पनि रिलिज हुने छ ।...

All Comments.......


Please Login/Register To Comments