ललितपुरको ऐतिहासिक भिमसेन जात्राको लागि ललितपुर महानगरपालिका– १६ वडा कार्यालयले ५ लाख रुपैयाँ प्रदान गरेको छ ।
वडाअध्यक्ष निर्मलरत्न शाक्यले मंगल टोल सुधार संघका अध्यक्ष किरणमान प्रधानलाई सो रकमको चेक हस्तान्तरण गर्नुभयो । अर्मूत संस्कृति संरक्षणको लागि सम्बद्ध गुठीयार, सरोकारवालासंग समन्वय गरी अक्षयकोषको लागि रकम प्रदान गर्दै आएको बताउँदै वडाअध्यक्ष शाक्यले भन्नुभयो ‘ यसले संस्कृति संरक्षणका निम्ति क्रियाशील सरोकारवाला पक्षहरुलाई उत्साहित तुल्याउने विश्वास रहेको छ ।’  
सो समारोहमा समितिका अध्यक्ष प्रधानले हरेक वर्ष भाद्र कृष्ण अष्टमीका दिन हुने पाटन मंगलबजारमा लाग्ने मेला र त्यसको पर्सिपल्ट दशमीका दिन राति हजारौ मानिसको सहभागितामा हुने भिमसेन जात्रामा स्वयंसेवक परिचालनको लागि सो रकमको ब्याज वर्षेनी खर्च गर्ने जानकारी दिनुभयो ।
संस्कृति संरक्षणमा वडाले गर्दै आएको कामको प्रशंसा गर्दै अध्यक्ष प्रधानले यस कार्य सबैका लागि अनुकरणीय रहेको धारणा राख्नुभयो ।...

All Comments.......


Please Login/Register To Comments