बाबुकाजी श्रेष्ठ
सामाजिक अभियानको रुपमा अगाडि बढिरहेको खुडकिलो नेपालको आयोजनामा रौतहत जिल्लाको विभिन्न स्थानमा बृहत आखा शिविरको आयोजना गरेको छ ।
खुडकिलो नेपाल, रौतहतको स्नातनगरपालिका र राजपुर नगरपालिकाको संयुक्त आयोजनामा निःशुुल्क आखा शिविर आयोजना गरेको छ । उक्त आखा शिविर स्नात नगरपालिकाका नगरप्रमुख सन्तोषकुमार मेहत्ता र राजपुर नगरपालिकाका नगरप्रमुख सकिल अब्टरले उद्घाटन गरेका थिए ।
स्थानीय समुदायलाई आखाको उपचार एवं शल्यक्रिया सुविधासहित गरिएको आखा शिविरमा महिला, पुरुष र बालबालिका गरी १ हजार ४ सय जनाले आखा उपचार गरेको खुडकिलो नेपालका कार्यक्रम संयोजक दिनेश नाय्जुले सञ्चारकर्मीलाई बताउनुभयो ।
आखा शिविरमा ३ वर्षदेखि ९० वर्षसम्म व्यक्तिहरुले स्वास्थ्य उपचार गरेको उक्त शिविरमा २ सय ८ जनाको निःशुल्क शल्यक्रिया गरेको समाजसेवी लक्ष्मण जोशीले बताउनुभयो ।
सुदर्शन आई केयर नर्सिङ्ग होम अस्पतालका वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. हरिशचन्द्र झाःको नेतृत्वमा १२ जना डाक्टरहरु संलग्न रहेको उक्त आखा शिविरमा २५ जना स्वयंसेवकहरु परिचालन गरिएको कार्यक्रम संयोजक नाय्जुले बताउनुभयो ।
शिविरमा उपचारमा आउनु भएका स्थानीयहरुलाई निःशुल्क औषधी एवं चस्मा वितरण गरिएको थियो ।
सेवा नै परम धर्म हो भन्ने मूलमन्त्रका साथ खुडकिलो नेपालले राष्ट्रिय बाणिज्य बैंकको प्रायोजनामा डाक्टरहरुको सहयोग एवं स्थानीय सरकारको आयोजनामा गत भाद्र २ गतेदेखि ९ गतेसम्म निःशुल्क आखा शिविर संचालन गरेको खुडकिलो नेपालका अध्यक्ष तारा साम्पाङ्ग राईले सञ्चारकर्मीलाई जनाकारी दिनुभयो ।

...

All Comments.......


Please Login/Register To Comments