एमसीसी परियोजनाको विरोधमा सोमबार राजधानीमा नेपाल मजदुर किसान पार्टीका जनवर्गीय संगठनहरू नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ र नेपाल क्रान्तिकारी युवा सङ्घको आयोजना भएको विरोध प्रदर्शनमा व्यापक प्रहरी दमन भएको छ । त्रिवि शिक्षण अस्पतालको पश्चिमा अवस्थित गल्लीमा प्रदर्शनकारीहरूमाथि प्रहरीले लाठ्ठी चार्ज हुँदा युवा कार्यकर्ता कृष्णप्रसाद दुमरु गम्भीर घाइते हुनुभएको छ । प्रहरीले उहाँको टाउकोमै लाठ्ठी प्रहार गर्दा टाउको फुटेको छ । उहाँको हाल त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
त्यस्तै प्रहरी दमनमा भक्तपुर नपा वडा नं १० का वडाध्यक्ष लक्ष्मीप्रसाद ह्यौमिखा, युवाहरू कृष्णप्रसाद कोजू, जगतराम धुख्वा, रत्ना चवाल, श्याम बासुकला, रामेश्वर रानामगर, दिनेश विक लगायत दर्जनौं घाइते भएका छन् । रत्नपार्कबाट सुरु भएको जुलुस अमेरिकी दुतावास जाने क्रममा प्रहरीले जथाभावी लाठ्ठी प्रहार गरेको हो ।


...

All Comments.......


Please Login/Register To Comments