भक्तपुर । नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले एमालेका युवा नेता एवं भक्तपुर क्षेत्र नं २ बाट निर्वाचित सांसद महेश वस्नेतलाई अवको निर्वाचनमा आफूले होइन, आफनै कार्यकर्ताले नै हराइदिने दावी गरेका छन् । अवको निर्वाचनमा वस्नेत फेरि उठेमा आफनो कार्यकर्ता नै उनलाई हराउन काफी भएको थापाले दावी गरेका हुन् । एउटा अनलाइनसँंगको अन्तर्वार्तामा उनले वस्नेतको लागि आफू होइन, आफना कार्यकर्ता नै भारी हुने बताएका हुन् ।
यसअघि केही दिन अगाडि भएको कांग्रेसको वडा अधिवेशनमा कांग्रेस सभापति शेरबहादुर देउवाले भक्तपुरमा महेश वस्नेतलाई हराउन जिल्ला पार्टी सभापति थापा  नै काफी भएको बताएका थिए । वस्नेतलाई चुनौती दिंदै देउवाले अवको चुनावमा भक्तपुरबाट आफना जिल्ला पार्टी सभापति दुर्लभ थापालाई हराएर देखाइदिन सार्वजनिक चुनौती दिएका थिए ।
यसअघि एउटा कार्यक्रममा सांसद महेश वस्नेतले कांग्रेसका केन्द्रिय सभापति शेरबहादुर देउवालाई भक्तपुर आएर आफूसँंग चुनाव लड्न चुनौती दिएका थिए । त्यही चुनौतीको जवाफस्वरुप देउवाले जिल्ला सभापति दुर्लघ थापालाई हराउन दिन चुनौती दिएका थिए । तर दुर्लभ थापाले पनि वस्नेतलाई चुनौती दिंदै आफू होइन, आफना कार्यकर्ता नै वस्नेतका लागि काफी हुने दावी गरेका हुन् ।  

...

All Comments.......


Please Login/Register To Comments