“ख्यपया ‘निवा’ शाक्यतयेगु इतिहास” नामक पुस्तक बिमोेचन
- Post Date 2021-09-11 10:31:03
भक्तपुर । भक्तपुर दरवार क्षेत्रमा रहेको सुनकोे ढोका (लुंःध्वाका) बनाउने ‘निवा’ शाक्यहरुको ईतिहास समेतेर नेपाल भाषामा लेखेको “ख्यपया ‘निवा’ शाक्यतयेगु इतिहास” नामक पुस्तक आज बिमोेचन गरेको छ । भक्तपुरको चारसय बर्ष अघिको इतिहास समेटिएको पुस्तक प्राध्यपक सूवर्ण शाक्यले बिमोचन भएको हो ।
विमोचन कार्यक्रममा प्रमुख अतिथि प्रा. सूर्वण शाक्यले काठमाण्डौ, ललितपुर र भक्तपुरमा रहेका निावा शाक्यहरुको इतिहासका बारेमा बोल्दै यो पुस्तकले निवा शाक्यहरुको बारेमा धेरै जानरीदिने पनि बताउनु भयो । पुस्तक भक्तपुरको खौमा निवासी आरती गुठी निवा संघका नायो (अध्यक्ष) संघरत्न शाक्यले लेख्नु भएको हो ।
पुस्तकमा भक्तपुरको चारसय बर्षहघिको इतिहास रहेको लेखक शाक्यले जानकारी दिए । उनले सो पुस्तकमा भक्तपुरको बिश्व प्रसिद्ध लुंःध्वाका, (स्वर्णद्धार) ङाताःपोल्हँको गजुर लगायत बिभिन्न मुर्तिहरुको निर्माणमा भक्तपुरका निवा शाक्यहरुको भूमिका र योगदान महत्वपूर्ण रहेको विषयमा बिभिन्न प्रमाणको आधार पुस्तकमा समेटिएको लेखक शाक्यले बताए ।
किताबमा शाक्य समुदायमा निवा शाक्य छ भने धेरैलाई थाहा नभएको हुनाले जानकारीको लागि यो किताव निकालेको लेखकका छोरा शाक्यन शाक्यले बताए । वास्तवमा निवा भनेको शब्द के हो ? कस्तो ब्यक्तिलाई प्रयोग गरिन्छ ? उनले कहाँबाट आएको हो ? निवाहरुसँग भएको कला कौशल कस्तो हो ? भने बारे जान चाहनेहरुको लागि यो कितावले धेरै सहयोग गर्ने बताए । कार्यक्रममा अतिथिहरु त्रिरत्न शाक्य, प्रा.सिद्धिरत्न शाक्य, साहित्यकार तिलक प्रकाश कायस्थ, वौद्ध विद्वान रत्नसुन्दर शाक्यलगायतले पुस्तकबारे चर्चा गरेको थिए ।
अतिथिहरुले पुस्तकले भक्तपुरमा रहेका लुकेका इतिहास उजागर गर्न र राजामहाराजाहरुको (सिलान्यस गर्ने र उद्घाटन गर्ने)हरुको मात्र नभइ बास्तविक कामदारहरुको समेत इतिहासबारे बुझ्न सघाउ पुर्याउने भन्दै सो पुस्तक महत्वपूर्ण रहेको चर्चा गरेका थिए ।आरती गुठी निवा संघले प्रकाशन गरेको सो पुस्तकमा मल्लकालीन राजा विश्वमल्लदेखि रणजीत मल्लसम्मको इतिहास समेटिएको गुठीको छ ।
...
All Comments.......
Please Login/Register To Comments