भक्तपुर । भक्तपुरका ६ जना शिक्षकशिक्षिका सम्मानित भएका छन् । सेवा निबृत भएका शिक्षकहरु गोविन्दबहादुर सुवेदी, मुकुन्दबहादुर कर्माचार्य, सरोजकुमार दत, आशबहादुर प्रजापति, सुरेन्द्रबहादुर सिं र शिक्षिका शारदा कर्माचार्य सम्मानित भएका हुन् ।


सेवा निबृत शिक्षक समाज भक्तपुरको शनिबार भएको दोश्रो वार्षिक साधारणसभामा उनीहरु सम्मानित भएका हुन् । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सम्मानपत्र तथा दोसल्ला ओढार्ई उनीहरुलाई उनीहरुलाई सम्मान गरे ।

कार्यक्रममा प्रमुख प्रजापतिले जीवनभर शिक्षण पेशामा लागेका शिक्षकहरु ज्ञानशीपका गहना भएको भन्दै उनीहरुले आफनो ज्ञान र शीप निबृत भएपछि पनि देश र जनताका लागि समर्पित गर्नुमा जोड दिए । समाजका अध्यक्ष नाति कवां, सचिव रामगोपाल कर्माचार्य, कोषाध्यक्ष विश्वराम कवा, बालमुकुन्द बासुकला, लक्ष्मीनारायण दुवाल, वागीश्वरी माविका प्रधानाध्यापक कृष्णप्रसाद धन्छालगायतले आफूहरु अहिले पनि सक्षम भएको भन्दै सक्षम भएसम्म आफूहरु सक्रिय रहने बताए । हामी अझै सक्षम छौं भन्ने नाराका साथ दुई वर्ष अगाडि समाजको स्थापना गरिएको हो । साधारणसभाले नयाँं नेतृत्व चयन गर्नेछ । 
...

All Comments.......


Please Login/Register To Comments