 रामकृष्ण प्रजापति
तिमी नै हौ षडयन्त्रकारी
तिमी नै हौ तानाशाही
बिष तिम्रो, मलाई लाग्यो
झलझली सम्झियो कालो दिन
भाद्र ९, भक्तपुर काण्ड ।

ठूलो स्वर गुन्जियो कानमा
लावालस्करको भिड सडकमा
तिमीले षडयन्त्र मिसाएर राख्यौ
मैले गरेको राजनैतिक पार्टीमा
पञ्चायती मण्डलेहरुको भरमा ।

धक्का तिम्रो, भक्तपुरमा लाग्यो
अन्यायी पञ्चहरुले जे छोयो
भष्मासुर बनेर जलाएर गयो
भक्तपुर मेरो त्राहिमाम नै त्राहिमाम
बलिको बोको ह्योँजु भयो ।

विपनामा सपनामा
तिमी मिल्यो डरत्रासमा
तिमीले अभियोग मिसाएर राख्यौ
मैले गरेको सत्यता इमान्दारीतामा
एकतन्त्रिय तानाशाही सामान्तीको भरमा ।

धाँधली तिम्रो, जुत्ताको माला भयो
अनियमित तिम्रो, राहत वितरण भयो
धरपक्कड तिम्रो, दिनरात हिंस्रक बन्यो
जीवन मेरो आँसु नै आँसु
पञ्चायत विरुद्धको बिकल्प खोज्यो ।

जनताका नेता, कार्यकर्ताहरुमा
ज्यान मुद्दा लाग्यो सठ्साठी जनामा
तिमीले व्यक्तिहत्या मिसाएर राख्यौ
मैले विरोध गरेको नरोदनिकवादमा
झुठा मुद्दा र षडयन्त्रको भरमा ।

हार तिम्रो, चुनावको रिस भयो
बहुदलबादीलाई तिम्रो, दमन भयो
आँखाको कसिंगर तिम्रो, जनताको नानी भयो
प्रहरी कष्टडी मेरो पिडा नै पिडा
दमन विरुद्ध जनता उठ्यो ।

वर्गिय संघर्ष र राजनैतिक संघर्षमा
आमूल परिवर्तनमा लाग्यो राजनीतिमा
तिमीले खोटा विचार मिसाएर राख्यौ
मैले पढेको खोटा विचारको खण्डनमा
जनताको सेवा गर्यो लेनिनवादी सिद्धान्तमा ।

समुल नष्ट गर्ने तिम्रो, महंगो भयो
घोच्यो मुटुलाई तिम्रो, अपराध नाघ्यो
कुनाम तिम्रो, दिनरात असह्य भयो
राजनीति मेरो संघर्ष नै संघर्ष
षडयन्त्र विरुद्धको आन्दोलन उठ्यो ।

जनतामा, संघसंस्था र पार्टीहरुमा
जनआन्दोलन उठ्यो सडकमा
तिमीले आतङ्कवाद  मिसाएर राख्यौ
मैले गरेको आन्दोलन वा संघर्षमा
पञ्चायत ढल्यो आफूले खनेको खाल्डोमा ।

धन्यवाद !

...

All Comments.......


Please Login/Register To Comments