भक्तपुर । भक्तपुर जिल्लामा आईपर्ने विभिन्न विपद् तथा प्राकृतिक प्रकोपहरुको प्रतिकार्य तथा पूर्व तयारी निमित सिद्धपोखरीमा भएको अभ्यास सकिएको छ । भाद्र २७ गतेदेखि आश्विन १ गतेसम्म भक्तपुर नगरपालिका वडा नं १ स्थित सिद्धपोखरीमा सो कार्य भएको थियो ।  
‘संयुक्त विपद् प्रतिकार्य तथा जल उद्दार अभ्यास’को समापन समारोह इन्द्रवक्स गण, सुर्यविनायकका गणपति प्र.से श्याम राजाविक्रम थापाको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं ९ का वडा अध्यक्ष रविन्द्र ज्याख्व, महानगरीय प्रहरी परीसर भक्तपुरका प्रमुख प्र.उ शिवकुमार श्रेष्ठ र सशस्त्र प्रहरी वल नं २२ गुहेश्वरीका प्रमुख प्र.उ उद्दव वहादुर न्यौपानेको उपस्थिति रहेको थियो । उक्त कार्यक्रम आर.एन.ए १६ को संयोजकत्व र संयुक्त सुरक्षा फौजको सहकार्यमा सफलतापुर्वक समापन भएको थियो ।

...

All Comments.......


Please Login/Register To Comments