इन्द्रजात्राको अन्तिम दिन शुक्रबार भक्तपुरमा पुलुकिसी जात्रा हुँदैछ । जात्रा साँंझ भक्तपुरको लाकुलाछेंबाट सुरु हुँंदैछ ।
जात्राका क्रममा पुलुकिसी अर्थात इन्द्रका बाहन ऐरावत हाती नगर परिक्रमा गराइन्छ । बाँंसलगायतबाट हातीको आकार दिई बनाइएको पुलुकिसीलाई नगर परिक्रमा गराइन्छ । बाँंसबाट हाती आकार दिई त्यसलाई हातीको आकृति लेखिएको सेतो कपडाले छोपेर बनाइएको पुलुकिसीलाई नगर परिक्रमा गराई जात्रा चलाउने गरिन्छ ।
पुलुकिसी नगर परिक्रमा गराउने क्रममा एक जना मानिसले अगाडिअगाडि बसेर घण्टा बजाउने गरिन्छ । घण्टा बजाउँदै पुलुकिसी आएको संकेत दिंदै पुलुकिसीलाई नगर परिक्रमा गराइन्छ । यो क्रममा ठाउँंठाउँं, चोकचोकमा पुलुकिसीलाई ओहोरदोहार गराउने चलन छ । साथै पुलुकिसीसँंग हिडेका मानिसले अगाडि छ्वाली बालेर अगाडि वढ्ने चलन यद्यपि छदैछ ।
यो जात्रा हेर्न नगरभरि यस दिन ठूलो भीड लाग्छ । पुलुकिसी हिडाउने नगरका बाटोभरि यो दिन बाटोभरि भीड लाग्छ । सडकका पेटीपेटीमा वसेर श्रद्धालु दर्शक  जात्रा हेर्छन् । विशेष गरी गल्लीगल्ली भन्दा पनि चोकचोक, जहाँं पुलुकिसीलाई ओहोरदोहोर गरिन्छ, त्यस्ता ठाउँंमा हजारौ दर्शकको भीड लाग्छ । विशेष गरी भक्तपुर दरवार स्क्वायर, टौमढी, दतात्रयलगायतका चोकहरुमा यो दिन जात्रा हेर्नेको विशेष भीड लाग्छ ।
जात्रा लाकुलाछेंबाट सुरु भई त्यही पुगेर टुंगिन्छ । यो बीचमा लाकुलाछेंबाट गाइजात्राको क्रममा नगर परिक्रमा गराउने रुट भई पूरै नगर परिक्रमा गराइन्छ । लाकुलाछेंबाट पोटरी स्क्वायर, नासमना, इटाछे, दरवार स्क्वायरको रुटमा पुलुकिसीको परिक्रमा गरिन्छ । दरवार स्क्वायरबाट पुन बालाखू, चोछें, भोलाछें, थालाछें, सूर्यमढी हुँदै पुलुकिसीलाई दतात्रयमा ल्याइन्छ । त्यहाँंबाट पुन इनाचो, गोल्मढी हुँदै टौमढी ल्याइन्छ र लाकुलाछेमै पुगेर जात्रा सम्पन्न हुन्छ । पूरै नगर परिक्रमाका लागि चारपाँंच घण्टा समय लाग्छ । साँंझ चारपाँंच बजेबाट सुरु हुने जात्रा राति आठनौ बजे सकिन्छ ।
जात्रा सुरु हुने लाकुलाछेंका एकजना स्थानीय बृद्ध कुमार छुकांका अनुसार जात्राका लागि आवश्यक सवै तयारी स्थानीयले गर्ने गर्छ । भूकम्पको वर्षमा सवै सरसामानको किन्नुपर्ने भएकाले टोलबासीले चन्दा उठाएर जात्रा चलायौं, उनले सोमबार नागरिकसँंग स्मरण गरे, यो वर्ष भने पहिलाकै जोहो गरेका सामानबाट हामी पुलुकिसी बनाउँंदैछौं । प्रत्येक वर्ष पुलुकिसी बनाइ नगर परिक्रमा गरेपछि आफूहरुले ती सामानलाई अर्काे वर्षका लागि स्थानीय पाटीमा जोहो गरेर राख्ने स्थानीयले सुनाए ।
पुलुकिसीलाई नगर परिक्रमा गराउने क्रममा पुलुकिसीको सुँडले छुवाउन नहुने जनविश्वास छ । नगर परिक्रमा गराउँंदा सुँंडले छोएमा विरामी हुने वा मृत्युसम्म हुने जनविश्वासका छ तर हिजोआज उत्श्रृंखल युवाहरु त्यही सुँड समातेरै पुलुकिसीसँंगै हिड्छन् । नगर परिक्रमा गराउने क्रममा तलातुंछी (इनार)मा पुगेपछि पानी खुवाउने चलन छ ।
संस्कृतिविद् ओम धौभडेलका अनुसार स्वर्गका राजा इन्द्रले पृथ्वीलोकमा बन्धक बनाइएका आफना छोरा खोज्न पृथ्वीलोकमा आएर घुमेको अर्थमा यो जात्रा चलाइदै आएको छ । पारिजात फूल टिप्न पृथ्वीलोक आएका छोरालाई नसोधी टिपेको आरोपमा वन्धक बनाएपछि उसलाई खोजेर स्वर्गमा लैजान आफनो बाहन ऐरावत हातीलाई पृथ्वीमा घुम्न पठाएको किंम्वदन्ती रहेको  उनले सुनाए । पुलुकिसी जात्रासँंगै आठ दिने भक्तपुरको इन्द्रजात्रा सम्पन्न हुन्छ ।

...

All Comments.......


Please Login/Register To Comments