ख्वप बचत तथा ऋण सहकारी संस्था लि. को  महिला उप–समितिको आयोजनामा आज ब्यासीमा महिलाहरूलाई स्तन क्यान्सर सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भयो ।  कार्यकममा समाज सेवी गणेश प्रसाद सुवालले एम सि सि ले नेपालको जलबिद्युत उत्पादन गरी भारत सम्म लान्छ । एम सीसी लागु भए सुरक्षा नभएको आरोपमा अमेरिकी सेना नेपाल आउँछ । नेपाल लाई इराक र अफगानिस्तानमा जस्तो ध्वस्त बनाउने भयकोले यसको खारेजीको लागि जनमत तयार गर्न आवश्यक छ भन्नुभयो ‌। संस्थाका अध्यक्ष राजकुमार लघु ले संस्थाको गतिविधि बारे चर्चा संस्थाले आर्थिक कारोबार साथै सामाजिक  किरयाकलाप जोड दिदै रक्तदान कार्यक्रम र स्तन क्यान्सर सम्बन्धी अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको बताउनु भयो । संस्थाका सचिव लक्ष्मी नारायण सुवाल ले संस्थाले मल बाली लगाउने समयमा नपाउने समस्या लाई बिचार गरी नियमित रुपमा सुपथ मूल्य मा रासायनिक मल बितरण गरिरहेको र अहिले पनि मल अभाब भएको बताउनु भयो । ख्वप बचत तथा ऋण सहकारी संस्था लि. महिला उप–समितिका संयोजक राम लक्ष्मी लघुको सभापतित्वमा सम्पन्न अभिमुखीकरण कार्यक्रममा अतिरिक्त कूयाकलाप उपसमितिका अजेन्द कुमार लघु महिला उपसमितिका सदस्यहरु बबी मैया लघु रिता मैया सुवाल,सुमिना ब्यान्जुले कार्यक्रमको महत्वबारे चर्चा गर्नु भएको थियो । अभिमुखीकरण कार्यक्रममा  सहभागी महिलाहरुलाई डा.बिकरम बासुकलाले  स्तन क्यान्सर को अबस्था, सचेतता र समय उपचार बारे स्लाईडको माध्यमिक प्रशिक्षित गर्नु भएको थियो । कार्यक्रम मा ३५ जना महिला दिदि बहिनिहरुको सहभागिता थियो ।

...

All Comments.......


Please Login/Register To Comments