बनेपा । भक्तपुरका डा इन्दुल केसी शव्दयात्रा कर्मशिलता पुरस्कारबाट शनिबार बनेपामा पुरस्कृत भएका छन् । शव्दयात्रा प्रकाशनका विभिन्न गतिविधिहरु अघि बढाउन सधै सक्रिय रही संस्थाको गरिमा बृद्धि एवं विस्तार गर्नमा नवीन योजना, क्रियाशिलता र प्रकाशनमा सघाउ पु¥याउनुभएकोले उहाँंलाई २०७८ सालको शव्दयात्रा कर्मशिलता पुरस्कार समपर्ण गरिएको जनाइएको छ ।
कार्यक्रमका प्रमुख अतिथि गायक गणेश रसिकको हातबाट उक्त पुरस्तका प्रदान गरिएको हो । पूर्व प्रशाशक सूर्यप्रसाद श्रेष्ठको व्यवस्थापनमा पुरस्कारको स्थापना गरिएको जनाइएको छ ।
कार्यक्रममा सम्मानित व्यक्तित्व डा केसीले आफनो योगदानको कदर गर्दै आफूलाई सम्मान गरेको धन्यवाद ज्ञापन गरे । कार्यक्रमका सभापति हरि मञ्जुश्रीले विभिन्न व्यक्तिहरुले शव्दयात्रा प्रकाशनलाई पु¥याउनुभएको योगदानको कदर गर्दै आफूहरुले सम्मान गर्दै आएको जनाए ।
श्रस्ता समाजका पूव अध्यक्ष पवन आलोकले सम्मानित व्यक्तित्व डा केसीको परिचय कार्यक्रममा प्रस्तुत गरेका थिए । काठमाडौं, ललितपुर, भक्तपुर, भोजपुरलगायतका विभिन्न जिल्लाहरुबाट पाल्नुभएका विशिष्ट व्यक्तिहरुको भव्य उपस्थितिमा एक समारोहवीच पुरस्तकार वितरण गरिएको थियो । कार्यक्रममा इतिहासकार डा गोविन्दमान सिंह कार्कीलाई पनि सम्मान गरिएको थियो ।


...

All Comments.......


Please Login/Register To Comments