सवारी दुर्घटनामा मोटरसाईकल चालकको मृत्यु
भक्तपुर । घटना बिवरणः– मिति २०७८÷०६÷११ गते अन्दाजी २०ः३९ बजेको समयमा जिल्ला भक्तपुर सुर्यबिनायक नगरपालिका वडा नं. ५ सल्लाघारी चोक स्थित अरनिको राजमार्गमा नगरकोट मोडबाट काठमाण्डौ तर्फ जादै गरेको प्रदेश ३–०२–००८ प २५०१ नं.को मोटरसाईकललाई सुर्यबिनायकबाट राधेराधेतर्फ जादै गरेको च्व् ण्द्द न्द्यज्ञढज्ञठ भारतीय नं.को १८ चक्के खाली टेलर गाडीले ठक्कर दिएको भन्ने जानकारी प्राप्त ।

अनुसन्धानः–  तत्कालै घटनास्थलमा सल्लाघारी स्थित ड्युटीमा रहेको प्रहरी टोली घटना स्थलमा पुगी गम्भीर घाईते भएका मोटरसाईकल चालक जिल्ला भक्तपुर सुर्यबिनायक नगरपालिका वडा नं. ३ बालकोट बस्ने बर्ष ४५ को गणेश रजौरा र मोटरसाईकलमा पछाडी सवार जिल्ला भक्तपुर मध्यपुर थिमी नगरपालिका वडा नं. ३ कौशलटार बस्ने बर्ष २८ को अमृत सिलवाललाई उपचारका लागी भक्तपुर अस्पताल लगिएकोमा उपचारकै क्रममा मोटरसाईकल चालक गणेश रजौरा ऐ. मितिको २१ः०३ बजेमा समयमा मृत्यु भएको र मोटरसाईकलमा पछाडी सवार अमृत सिलवाल ऐ. मितिको २२ः०० बजेको समयमा डिस्चार्ज भएको । मोटरसाईकल, टेलर र टेलर चालक देश भारत राजस्थान प्रदेश अलबर जिल्ला बस्ने बर्ष ५० को महादेव शर्मालाई महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरले नियन्त्रणमा लिईएको । घटनास्थलमा महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरबाट प्र.नि. बिष्णुहरी फुयालको कमाण्डमा अनुसन्धान अधिकृत सहितको प्रहरी टोली खटी गई घटनास्थल मुचुल्का तथा प्रारम्भिक अनुसन्धान कार्य गरिएको ।  

कारणः–     तिब्र गति र पानी परिरहेको कारण बाटो चिप्लो भई दुर्घटना भएको खुल्न आएको । घटना सम्बन्धमा थपः अनुसन्धान भईरहेको छ । 
...

All Comments.......


Please Login/Register To Comments