News Imageकाठमाडौं । उत्तर कोरियाले नयाँ हाइपरसोनिक मिसाइल सफलतापूर्वक परीक्षण गरेको दाबी गरेको छ। उत्तर कोरियाले मंगलबार ह्वासोङ–८ नाम गरेको मिसाइल परीक्षण गरेको दाबी गरेको हो।

उत्तर कोरियाले पञ्चवर्षीय सैनिक विकास योजनाअन्तर्गत मिसाइल परीक्षण गरेको र उक्त मिसाइल पाँच प्रमुखमध्ये एक रहेको त्यहाँका सरकारी मिडियाले जनाएका छन्। कोरियाले यो मिसाइललाई रणनीतिक हतियार पनि भनेको छ किनकि यसमा न्युक्लियरको क्षमता हुन्छ।

प्रतिबन्धका बीच कोरियाले मिसाइल परीक्षण गर्दै आएको छ। उत्तर कोरियाको सरकारी मिडिया केसिएनएले हतियारको विकासक्रमले देशको आत्मरक्षालाई हरेक क्षेत्रबाट मजबुत बनाएको उल्लेख गरेको छ।

कोरियाको यो मिसाइल परीक्षण सेप्टेम्बरमा तेस्रो हो। यसअघि नै उसले नयाँ प्रकारको क्रुज मिसाइलसहित ब्यालेस्टिक मिसाइलको परीक्षण गरिसकेको छ। लगातार मिसाइल परीक्षण गरिरहेको उत्तर कोरियाले हतियारको विकासक्रमलाई प्राथमिकता दिइरहेको स्पष्ट हुन्छ। अमेरिका र संयुक्त राष्ट्रसंघले मिसाइल परीक्षण रोक्न बताइरहे पनि उसले आत्मरक्षाको तयारीका लागि भन्दै हतियार तथा मिसाइल परीक्षण रोक्न मानेको छैन।

परीक्षण गरिएको हाइपरसोनिक मिसाइल अन्यभन्दा तीव्र र सटिक हुने समाचार संस्था एएफपीले जनाएको छ।
  • Shares

All Comments...


Please Login/Register to comment.