भक्तपुर । भक्तपुरमा रेविजविरुद्ध निःशुल्क खोप कार्यक्रम सुरु भएको छ । यस अन्तर्गत बुधबार भक्तपुरको पाँंचतल्ले मन्दिर परिसरमा बसेर कुकुरहरुलाई खोप दिइएको छ । घरपालुवा तथा छाडा भुस्याहा कुकुरहरुलाई खोप दिइएको हो ।
विश्व रेविज दिवस २०७८ को अवसरमा खोप कार्यक्रम सुरु गरिएको हो । भक्तपुर नगरपालिकाले खोप कार्यक्रम सुरु गरेको हो ।
प्राणघाटक रेविज रोगलाई बुझौ, आआफनो घरपालुवा कुकुर, विरालोलाई रेविजविरुद्ध खोप लगाऔं र यसलाई परास्त गरौ भन्ने नाराका साथ यो वर्ष देशैभरि रेविज दिवस मनाइँंदै छ । रेविज तथ्य बुझौ, त्रसित नहोऔं नारा पनि सरकारको छ । गतवर्ष पनि नगरपालिकाले यसरी नै खोप दिइएको थियो ।

...

All Comments.......


Please Login/Register To Comments