गोठालो
  • Post Date 2020-07-17 11:23:24

डा.इन्दुल केसी
भक्तपुर–४ मंगलाछे
द्धापर युगका श्री कृष्णजी गाई गोठालो ।
त्रेता युगका मर्यादा पुरुष श्रीरामजी बादर गोठालो ।।
नेपालका गौतम बुद्ध शान्तिका गोठालो ।।।

इसामसिह जिसंस क्राइस्ट भेडा गोठालो ।
गुरु नानक गुरुद्धारतिर लाग्ने शिखरहरुको गोठालो ।।
पैगम्बर अल्लाह मस्जिद जाने मुस्लिमहरुको गोठालो ।।।

परमात्मा ईश्वर सच्चा भक्तहरुको गोठालो ।
वास्तविक सन्तहरु आफ्नो चेलाचेलीहरुको गोठालो ।।
स्वामी विशुद्धदेव ज्यू, चरित्र निर्माणको गोठालो ।।।

सबै आमा बाबुहरु आफ्ना छोराछोरीहरुको गोठालो ।
अल्लारे युवा युवतीहरु आफ्ना प्रेमी प्रेमिकाहरुको गोठालो ।।
शिक्षक मास्टरहरु छात्र छात्राहरुको गोठालो ।।।

व्यापारी उद्योगपती ग्राहकहरुको गोठालो ।
ठेकदार कन्ट्याक्टरहरु ठेक्कापट्टाको गोठालो ।।
प्रहरी र सैनिकहरु रक्षा सुरक्षाको गोठालो ।।।

मुख्सारी वकिलहरु झगडियाहरुको गोठालो ।
डाक्टर बैद्यहरु रोगी विरामीहरुको गोठालो ।।
सवारी चालक खलासी यात्रुहरुको गोठालो ।।।

हाम्रा पार्टी नेताहरु सरकारी कुर्सीको गोठालो ।
धेरैजसो एनजिओ आईएजिओ डलरको गोठालो ।।
देखावटी  समाजसेवीहरु परिश्रमिकको गोठालो ।।।

...

All Comments.......


Please Login/Register To Comments