काठमाडौँ । साहित्यकार जितेन्द्र रसिकको १२ औँ कृति बालकथा सङ्ग्रह ‘गुलेली’ बजारमा आएको छ । शिखा बुक्सले प्रकाशन गरेको बालकथा सङ्ग्रह ‘गुलेली’ च्याप्टर बुक हो । कथा सङ्ग्रहमा ६ ओटा कथाहरु रङ्गीन चित्र सहित प्रस्तुत गरिएको छ । सङ्ग्रह  गुफाको बाघ, सपना र विज्ञान, गुलेली, केरकारे कान्छो, सिंगौरीको शहर भ्रमण र सोरोको खुत्रुके शिर्षकका कथाहरु सङ्ग्रहित छन् ।  
पछिल्लो समय कोभिड महामारीले घरमा थुनिएर बसेका बालबालिका कोभिड महामारी कम हुँदै गएपछि विद्यालय जान थालिसकेकाले ती बालबालिकाका लागि रिफ्रेसमेन्ट राख्न कथा सङ्ग्रह सफल रहने कथाकार रसिकको भनाई छ । बालबालिकाका लागि दसैं बिदा लक्षित गरेर बालकथा सङ्ग्रह ‘गुलेली’ बजारमा ल्याइएको शिखा बुक्सले जनाएको छ ।  कथा सङ्ग्रहको मूल्य १ सय २५ रुपैयाँ रहेको छ ।
कथाका चित्रहरु प्रज्वल थापामगरको रहेको छ भने लेआउट प्रवेश सिन्धुलियको रहेको छ । कथाको सम्पादन साहित्यकार गोपीकृष्ण ढुंगानाले गर्नु भएको हो । रसिकका यसअघि  हृदयस्पर्शी छालहरू ९गजल सङ्ग्रह –२०६३०, तारापुञ्ज ९फाँचल सङ्ग्रह –२०६५०, एलियनको पृथ्वी भ्रमण ९बालकथा सङ्ग्रह –२०७२०, काफिया ९गजल सङ्ग्रह–२०७३०, हावा फल्ने रुख ९बालचित्र कथा–२०७३०, लज्जावती ९उपन्यास –२०७३०, एङ्ग्री बर्ड ९अंग्रेजी बालकथा सङ्ग्रह –२०७४०, अलकापुरी भक्तपुर ९सम्पदा नालीबेली –२०७५०, सर्वरत्न ९पद्मरत्न तुलाधरको जीवनी –२०७६०, पव्लिक स्पिकिङ ९उद्घोषण तथा सञ्चार सिकाई पुस्तक– २०७७० र बेलबहादुरसँग बिहे ९बाल चित्रकथा –२०७७० प्रकाशित छन् । रसिकका करिव १ दर्जन गीत गजल समेत रेकर्ड भइ बजारमा आइसकेका छन् ।...

All Comments.......


Please Login/Register To Comments