काठमाडौं । सामलिङ्ग पावर कम्पनी लिमिटेडले कार्तिक ४ गतेबाट सर्वसाधारणहरुका लागि साधारण सेयर (आईपिओ) जारी गर्ने भएको छ । कम्पनीले भदौ १८ गतेदेखि असोज १ गतेसम्म आयोजना प्रभावित क्षेत्रका स्थानीयबासीको लागि निष्कासन गरेको साधारण सेयर असोज २० गते बाँडफाँड गरिसकेको छ ।


कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १२ लाख ३० हजार कित्ता साधारण सेयर (आइपिओ) निष्कासन अनुमति पाएकोमा ५ लाख कित्ता सेयर आयोजना प्रभावित स्थानियहरुका लागि बिक्री गरिसकेको छ ।
कम्पनीलाई सेबोनले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १२ करोड ३० लाख रूपैयाँ बराबरको १२ लाख ३० हजार कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्न अनुमति दिएको थियो ।

उक्त  सकिनेछ । सो अवधिमा पूर्ण आवेदन नपरेमा कार्तिक १८ गतेसम्म आवेदन दिने मिति लम्बिनेछ । सो शेयरमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा २० हजार कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ ।

जसमध्ये कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुको लागि ५ लाख कित्ता साधारण सेयर निष्कासन गरिसकेको छ । निष्कासन गरिने कुल सेयरमध्ये ६० प्रतिशत अर्थात ३ लाख कित्ता आयोजना प्रभावित क्षेत्र ईलाम जिल्लाभरीका बासिन्दाहरुका लागि र बाँकी ४० प्रतिशत अर्थात २ लाख कित्ता आयोजना अति प्रभावित क्षेत्र ईलाम नगरपालिका वडा नं। ८ र १० तथा माईजोगमाई गाँउपालिका वडा नं। ४ र ५ का बासिन्दाहरुका लागि छुट्याइएको थियो ।

निष्काशन गरिने कुल ७ लाख ३० हजार कित्ता सेयरमध्ये २ प्रतिशत अर्थात १४ हजार ६ सय कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३६ हजार ५ सय कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । सर्वसाधारणले बाँकी ६ लाख ७८ हजार ९ सय कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
...

All Comments.......


Please Login/Register To Comments