ओमप्रकाश पुनसँगै उनकी पत्नी पूर्णिमा पनि पक्राउ
काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका पोलिटव्युरो तथा मेची महाकाली व्यूरो इन्चार्ज ओमप्रकाश पुनसँगै उनकी पत्नी पूर्णिमा पनि पक्राउ परेकी छिन् ।
नेकपाकै अनेमसंघकी नेतृ पूर्णिमा धामी पनि पक्राउ परेकी हुन्। जिल्ला प्रहरी कार्यालय कैलाली र विशेष व्यूरोको टोलीले कैलालीको कनरीबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
सरकारले चन्द समूहलाई कुनै पनि गतिविधि गर्न नपाउने गरी प्रतिवन्ध गरेको छ। त्यसपछि नेता तथा कार्यकर्तालाई पक्राउ गरिरहेको छ ।

...

All Comments.......


Please Login/Register To Comments