भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा नेपाल स्काउट पोयोनियर ओपन क्रुका पूर्व रोभर रेन्जर र ऐस गल्र्स मोभमेन्ट २०२० मा सम्मिलित रेन्जर तथा कोभिड १९ को जनेतनामूलक कार्यक्रममा सहभागी स्काउटर तथा रोभर रेन्जरहरुलाई बधाई तथा सम्मान कार्यक्रम २०७८ शुक्रबार देकोचास्थितल कर्भडहलमा शुक्रबार सम्पन्न भयो ।
कार्यक्रममा बोल्नुहुँदै उहाँले सामाजिक गतिविधिहरुमा स्काउटको भूमिका उल्लेखनीय भएको बताउनुहुँदै स्काउटरहरु समाजको निम्ति समर्पित भावका साथ काम गर्ने भावनामा प्रेरित हुनुपर्छ भन्नुभयो ।
भक्तपुर नगरपालिकाले नेपाली सेनासँग समन्वय गरी विपद् व्यवस्थापन समितिमार्फत विभिन्न तालिमहरु सञ्चालन गर्दै आएको बताउनुहुँदै स्काउटबाट आफूले सिकेको तालिमबाट समाजको हितको निम्ति काम गर्नुपर्नेमा जोड दिनुभयो ।
भक्तपुर नपाले स्काउटको परिचय र उद्देश्यबारे प्रष्ट  पार्न स्थानीय पाठ्यक्रममा समावेश गरी विद्यार्थीहरुलाई पठनपाठन गर्दै आइरहेको उहाँले बताउनुभयो ।
भक्तपुर नपा वडा नं. ६ का वडाध्यक्ष हरिराम सुवालले वडाका गतिविधिबारे अवगत गराउनुहुँदै खेलकुद क्षेत्रमा पनि नगरपालिकाले विविध गतिविधिमा जोड दिँदै युवाहरुको क्रियाशीलता बढाइरहेको बताउनुभयो ।
कार्यक्रमका सभापति एवम् पायोनियर ओपन क्रुका अध्यक्ष रबिन्द्र बासुकलाले सामाजिक गतिविधिमा भएको गतिविधिबारे जानकारी दिनुभयो भने भनपा खेलकुद समितिका संयोजक राजुसिंह बजिक्व, लिडर रोभरद्वय रमेश सितिखु र रमिता सितिखुले पनि आफ्नो धारणा व्यक्त गर्नुभयो ।
सोही क्रममा उहाँले उत्कृष्ट रोभर रेन्जर र ऐस गल्र्स मोभमेन्ट २०२० मा सम्मिलित रेन्जरद्वय रुमी तमखू र पुरन्जनी दुवाललाई सम्मान गर्नुभएको थियो ।
...

All Comments.......


Please Login/Register To Comments