भक्तपुर । भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले संस्था दर्ता ऐन २०३४ बमोजिम दर्ता भएका संस्थाहरुले सूचना अधिकारी तोक्न निर्देशन दिनुभएको छ । असोज २२ गते शुक्रवार जिल्लास्थित सरकारी, सार्वजनिक सेवा प्रदायक निकायका सूचना अधिकारी र सञ्चारकर्मीहरुको संयुक्त बैठकमा प्रजिअ शर्माले सूचनाको हक सम्बन्धी ऐन २०६४ अनुसार


सबै सार्वजनिक संस्थाहरुले पनि सूचना अधिकारी तोक्न निर्देशन दिनुभएको हो । त्यस्तै बैठकले सबै कार्यालयले सूचना प्रकाशनमा नेपाल पत्रकार महासंघ र हुलाक कार्यालयसँग सहकार्य गर्ने गरी र कार्यालयबाट भएका कार्यहरु नियमित रुपमा सञ्चारमाध्यमलाई जानकारी गराउने निर्णय समेत गरेको छ ।

बैठकले नागरिकले माग गरेका सूचना प्रचलित कानुन बमोजिम सूचना अधिकारीले समयमा उपलब्ध गराउनुपर्ने निर्णय गरेको छ । प्रजिअ शर्माले सम्पूर्ण कार्यालयहरुले सूचना अधिकारी तोक्नुपर्ने, निजको फोन नम्बर, ईमेल ठेगाना, फोटो सहितको फ्लेक्स सबै सेवाग्राहीले देखिने गरी राख्नुपर्ने निर्देशन दिनुभयो ।

अवदेखि सबै कार्यालयले प्रगति विवरण सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ५ को उपदफा ३ र ४ तथा सूचनाको हक सम्बन्धी नियमावली २०६५ को नियम ३ बमोजिम प्रत्येक ३÷३ महिनामा स्वतः प्रकाशन गर्नुपर्ने निर्णय बैठकले गरेको छ ।

...

All Comments.......


Please Login/Register To Comments