भक्तपुर । सेवा निवृत्त शिक्षक समाजको आयोजनामा एकदिने मुटुरोगको लक्षण र निवारण सम्बन्धि अन्तरक्रिया कार्यक्रम शनिबार भक्तपुरमा सम्पन्न भयो ।
नेपाल हृदयरोग प्रतिस्थानका पूर्ब केन्द्रीय अध्यक्ष एबं बरिस्ठ मुटु रोग बिशेषज्ञ प्राध्यापक डाक्टर प्रकाशराज रेग्मीको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा ६५ जना सेवा निवृत्त शिक्षकहरुको सहभागीता रहेको थियोे । समाजका अध्यक्ष अम्बिकामान मानन्धरको सभापतित्वमा भएको उक्त समारोहमा सहभागीहरुले मुटु रोग, रक्तचाप, मधुमेहलगायतका रोगहरुबारे अन्तरक्रियाद्वारा जानकारी प्राप्त गरेका थिए । स्वागत तथा सभा सञ्चालन समाजका कोषाध्यक्ष बिश्वराम कवाङले गर्नुभएको थियो

...

All Comments.......


Please Login/Register To Comments