डा रोशनी नापित
कोलेस्ट्रोल भनेको हाम्रो रगतमा पाईने मोमि फ्याट) बोसो जस्तै पदार्थ हो। यो नराम्रो चिज भने हैन , यसले हाम्रो शरीरको कोसिकाहरूलाई बनाउनका साथै हर्मोन, भिटामिन डीहरु उत्पादन गर्न पनि मद्दत गर्छ ,तर निकै मात्रामा कोलेस्ट्रोल भयो भने यसले शरीरलाई हानी पुर्याउँछ।
हाम्रो शरीरमा भएको अंग ः कलेजोले ८०% कोलेस्ट्रोल उत्पादन गर्छ भने  बाकी २०% हामीले खाने जीव जन्तुबाट प्राप्त गर्न सकिन्छ। जीवजन्तुबाट प्राप्त हुनेमा अण्डा, माछा, मासु, दुध, दुधबाट उत्पादन हुने खानेकुरा आदि पर्दछ । तर हरियो सागसब्जीबाट भनेकोले स्ट्रोल प्राप्त गर्न सक्दैनौ।
यी खानाहरुमा हुने स्याच्युरेटेड र ट्रान्सफ्याट हाम्रो शरीरको लागी हानिकारक छन् ।यसले गर्दा कलेजोले धेरै मात्रामा कोलेस्ट्रोल उत्पादन गर्नुपर्ने हुन्छ जसले गर्दा नराम्रो कोलेस्ट्रोल बढी हुन जान्छ । स्याच्युरेटेड फ्याट हुने खाने कुरा भनेको नरिवलको तेल , पाउरोटी जस्ता खाद्यान्नहरू हुन् ।
हाम्रो रगतमा भएको कोलेस्ट्रोललाई कलेजोद्वारा नियमन गरिन्छ । हामीले खाना खाएपछि हाम्रो सानो आन्द्राले कोलेस्ट्रोललाई प्राप्त गर्छ भने यसलाई कलेजोले मेताबोलिज Þर संचय गर्छ र जब जब हाम्रो शरीरलाई कोलेस्ट्रोलको आवश्यकता हुन्छ तब यसले कोलेस्ट्रोल निकाल्ने काम गर्छ ।
यदि हाम्रो शरीरमा धेरै मात्रामा कोलेस्ट्रोल भयो भने यसले शरीरमा उपस्थित अरु तत्वसंग मिलेर रगतमा प्लाकहरु बनाउछ र यो प्लाकहरु धेरै मात्रामा भयो भने हाम्रो रक्तवाहिनीको भित्तामा तासिंछ र जब यो धेरै मात्रामा जम्मा हुन्छ त्यसलाई एथेरोस्क्लेरोसिस भनिन्छ ।यसले गर्दा कोरोनरीआर्टेरी रोग लाग्छ जसमा धमनीहरु साँघुरो हुदै जानुका साथै बन्द पनि हुनसक्छ।
कोलेस्ट्रोल के हो?
एचडीएल , एलडीएलर भीएलडीएल भनेको लिपोप्रोटीन हुन् । यिनीहरु बोसो र प्रोटीनको संयोजन हुन् । बोसोलाई रगतमा मज्जाले चल्न प्रोटिनको आवश्यकता पर्छ।
एचडीएल उच्च घनत्व लिपोप्रोटीन) भनेको राम्रो कोलेस्ट्रोल हो जसले हाम्रो शरीरको अन्य भागमा भएको कोलेस्ट्रोललाई कलेजोसम्म पुराउने काम गर्छ र कलेजोले यो कोलेस्ट्रोललाई हाम्रो शरीरबाट हटाउने काम गर्छ।

...

All Comments.......


Please Login/Register To Comments