कुमार लघु
नेपालमा नेपालीहरूको वसोवास भएकाछन् । नेपालीहरूको माहान चाँड विजया दशमी हो । नेपालीहरूको माहानचाडँ वडा दशमी भएर पनि वर्षमा एक पटक आउने भएर पनि माहान मानेको हुनुपर्छ । नेपालीको छोराछोरीहरू विभिन्न कामले ,पढ्न लेख्न, रोजगारीको निम्ति देश बाहिर र देशको पनि विभन्न भागमा जागिरको सिलसिलामा वसाई सरेको हुन्छ । ती वसाई सरेको र घरमा आमा बुबा छोडेर गएकाहरूलाई सम्पूर्णलपरिवाहरूलाई भेटघाट गर्ने अवसरको रूपमा यो बडा दशमीलाई लिन सकिन्छ र नेपाली लिन सक्नुपर्छ ।
 विजया दशमीमा रमाईलो गर्ने ,दुःख सुख वाँडने ,वर्ष भरिमा भए गरेका राम्रा नराम्रा कुरालाई समिक्षा गर्ने पत्रकारलाई पनि अवसर हो ।
 आज भन्दा धेरै वर्ष अगाडि विचैमा देशमा हरेक ठाउँ ठाउँमा राक्षसले जनतालाई दुः ख दिएको हुनाले शत्रुलाई छोट्टोमा पराजित गरेको हुनाले विजय उत्सवको रूपमा मनाउने जति सुकै दुःख सुख भए पनि क्रमश दुःख भएपनि आत्तिने होईन् ,सुख भएनि मात्तिने होईन् भने सन्देस दिने हेतुले नै यो विजया दशमी मनाउने परम्परालाई नेपाली जनताले अंङ्गिकार गरेको हो  ।  मैहिषासुर राक्षसले जनतालाई पीडा दिने पिडाले जनता आक्रन्त भई रहेको हुनाले देवी देवताहरू एक भएर लडेको हो । विभिन्न रूपमा अष्ट मातृकाहरू अलग अलग विचार र फाँटमा रहेको वेलामा छलफलले एकधिक्का भएर सत्रुलाई परारष्ट गरेको दिनलाई विजया दशमी भनी नामाकरण गरिएर र अन्यायको विरूध्द जनताले जितेको हो । नौ दिनसम्म लगातार विहान र वेलुका अष्ट मातृको दर्शन गरेर भगवानको दर्शन गर्छन् । भगवतीको रूपमा प्रकट भएर मैहिषासुर सित लडेको थियो ।
 कति मानिसहरू काभ्रेको पलाञ्चोक भगवती,शोभा भगवती ,नाला भगवती,दक्षिणकालि र अन्य भगवतीको पूजा गर्छन् । अष्ट मातृकाहरूमा विभिन्न पिठ्हरूमा अवस्थित देवी देवताहरूको दर्शन गरेको हुन्छ । बाजागाजा पूजा नौ दिन सम्म चलेको हो । आज २६ गते फूलपाती ,२७ गते महाअष्टमी,२८ गते महानवमी र २९ गते महा दशै,दशमीको टीका थाप्ने दिन हो ।  हो फूलपातीमा उपत्यकामा सरकारको तर्फ निश्चित स्थानमा पशुलाई आर्मिहरूले वलि दिन पूजाआजा गरि वदाई गरिन्छ ।  यस वर्ष पनि कोरोनाले गर्दा पहिले झै शसक्त रूपमा जनताहरू आउन सशंकित छन् ।
फूलपातीमा नेवारहरूले टोलटोलमा राँगो ढाल्छन् । राँगाको विभिन्न परिकार जस्तो छोयला, कचिला, भुट्न ,डायकाला , तक्को ला , भाङ्ग्रा ला ,ख्वाला भुट्न र बफ वनाई खाना शक्तिको रूपमा लिन्छन् । घरघरमा आजै पूजापनि गर्छन् । नेवारहरूले आजकोफूपातीको दिन र भोलिको दिनमा सम्हेवजी भोजन गर्छन् । यो दशमीमा उपत्यकामा हर्षाेउलासका साथ नयाँ लुगा पहिरनमा भक्तपुरको ब्रम्हायनीमा दशमीकोदिनमा टिकतालो गरि जात्रा मनाउँछ । नवमीको दिनमा घरघरमा विश्र्वकर्मा र ढुटीमा पूजा घरको जेठो बाजे वा बुबाले गर्छन् । देश‌ गरिव र धनीको निम्ति दशैमा सवैले आआफ्नो घरमा जे जस्तो आफूले वन्दोवस्त गरेको छ त्यहीको प्रबन्ध अनुसार भोजन गर्ने चल्नछ ।  टिकाको दिनमा दान दक्षिणा लिनदिन सवै तयार भएर मामा घर ससुराली घरमा टिकको दिन भेटघाट गर्न जाने परम्पराछ । नानी बाबुहरू टिकातालोले रमाउँछन्। दानदक्षिणा पाएर झनै दशमीलाई स्मरण गर्न उत्साहित भएको पाउँछौ । त्यो दशमीमा बालबालिकाहरू चङ्गा उडाउने र अरू वेला भन्दा छुट्टै समय पाएर लामो विदा पाएर गाउँघरमा नयाँ माहोल रोटे पिङ्ग बुढा बा आमा बुबा र काका काकी ,ठुलो बा पाएर बेग्लै परिवारीक वातावरणको आभास लिएको हुने छ ।
भक्तपुरमा अरू ठाउँमा भन्दा हिन्दु धर्मशास्त्र अनुसार  भक्तपुरमा जिउँदो कुमारी साक्षात दर्शन भेट गर्न सम्पूर्ण जनताले वाटोमै भेटघाट र दर्शन गर्ने मौका सूर्यमढी टोलको दक्षिणपट्टि घरको आगणमै अवसर प्रदान गरेको हुनेछ ।  तलेजु भगवानको दर्शनमा हामी हिन्दुको भएकाले हिन्दु धर्म अनुसार अगाडि वढेको पाईन्छ । दशैमा हाम्रा लालाबालाहरू खाना खाएपछि चङ्गा उडाउने देखि अनेक खेलहरू खेलेर दशैको समय पार गर्छन् ।
अन्तमा दशैले सवैको घरघरमा सुखले वास गरोस् र विजया दशमीको उपलक्षयमा सुख र शाान्ति मिलोस र एकछाक राम्रो सित र वर्ष भरी,जिवनभरी नै आनन्द पूर्वक भोकै वस्न नपरोस् भन्दै नेपालीहरूको माहान चाँड मनाउन पाओस् भने म लेखक विदा हुछु ।
धन्यवाद
...

All Comments.......


Please Login/Register To Comments