डा. रोशनी नापित
कोलेस्ट्रोल के हो ?
एचडीएल , एलडीएलर भीएलडीएल भनेको लिपोप्रोटीन हुन् । यिनीहरु बोसो र प्रोटीनको संयोजन हुन् । बोसोलाई रगतमा मज्जाले चल्न प्रोटिनको आवश्यकता पर्छ ।
एचडीएल (उच्च घनत्व लिपोप्रोटीन) भनेको राम्रो कोलेस्ट्रोल हो जसले हाम्रो शरीरको अन्य भागमा भएको कोलेस्ट्रोललाई कलेजोसम्म पुराउने काम गर्छ र कलेजोले यो कोलेस्ट्रोललाई हाम्रो शरीरबाट हटाउने काम गर्छ ।
एलडीएल –कम घनत्व लिपोप्रोटीन) चाहीन राम्रो कोलेस्ट्रोल हो किनभने यदि यो हाम्रो शरीरमा धेरै मात्रामा भयो भने प्लाक बनाउन मद्दत गर्छ जुन शरीरको लागि हानिकारक हुन्छ ।
भीएलडीएल (धेरै कम घनत्व लिपोप्रोटीन) पनि नराम्रो कोलेस्ट्रोल हो किनभने यसले पनि प्लाक बनाउन मद्दत गर्छ । तर यो र एलडीएल छुट्टाछुट्टै चिज हो । भीएलडीएलले ट्राइग्लि सराइडलाई लिन्छ भने एलडीएलले कोलस्ट्रोललाई ।
ट्राइग्लिसराइड भनेको रगतमा पाइने एक प्रकारको बोसो हो जसले हाम्रो शरीरलाई उर्जा दिने काम गर्छ । उच्च ट्राइग्लिसराइड र कम एचडीएल वा धेरै एलडीएलले हृदयघात र स्ट्रोकको जोखिम बढ्ने सम्भावना हुन्छ ।
कुल कोलेस्ट्रोल भनेको एचडीएल, एलडीएल र ट्राइग्लिसराइडको कुल संख्या हो ।

...

All Comments.......


Please Login/Register To Comments