डम्वर थापा
तीनदिनदेखिको अविरल बर्षाका कारण सुदुरपश्चिम प्रदेशको अवस्था अस्तब्यस्त भएको छ । प्रदेशका पहाडी जिल्लाहरु जोड्ने भीमदत्त राजमार्गका बिभिन्न स्थानहरुमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो । वर्षा र पहिरोका कारण ३ दिनदेखि विद्युत आपूर्ति अवरुद्ध हुदाँ सञ्चार सेवामा पनि प्रतिकुल असर परेको छ । राजमार्ग आसपास तथा ग्रामिण क्षेत्रका कयौं घरहरु पहिरोका कारण क्षतिग्रस्त भएका छन् भने सयौं घरहरु अभैm उच्च जोखिममा देखिन्छन् । पहिरोका कारण पशु चौपायालगायत धनजनको पनि क्षति भएको छ । तर यकिन बिवरण भने आइसकेको छैन । अबिरल बर्षाले मौसममा सुधार आई नसकेको कारण क्षति अभैm बद्न सक्ने अनुमान गरिएको छ । विद्युत, सञ्चारलगायत सडक अवरुद्ध भई जनजीवन कष्टकर भइरहदाँ पनि सम्बन्धित निकायले चासो नदिँदा पीडामाथि पीडा थपिएको पीडितहरुको गुनासो छ ।

...

All Comments.......


Please Login/Register To Comments