सुनील सापकोटा  
(देवीप्रसादको पनाती)
अध्यक्ष ः देवीप्रसाद सापकोटा स्मृति प्रतिष्ठन कुशादेवी, पनौती,काभ्रे
बुवा ः  श्यामलाल सापकोटा
बाजे ः  हरिनारायण सापकोटा
जिज्यूबाजे ःमाधव सापकोटा
एउटा प्रजातान्त्रिक योद्धा, आखिल भारतिय नेपाली रास्ट्रिय काङ्ग्रेसका अध्यक्ष एवं ओझलमा परेको इतिहास
पुरुष देवीप्रसाद सापकोटाको जिवनगाथा दुःखद , संघर्षपूर्ण र लामो छ । त्यसैले वहाँका बारेमा बिस्तृत जान्न चाहने
महानुभावहरुले शब्द यात्रा प्रकाशन बाट प्रकाशित र साहित्यकार श्री हरि मन्जुश्री बाट सम्पादित “ सुब्बा देवीप्रसाद
सापकोटा स्मृति ग्रन्थ “ हेर्न हुन अनुरोध गर्दछु ।
बिक्रम संवत १९१५ जन्म भइ २०११ सालमा निधन हुनु भएका सापकोटाजीको जीवन कथा पढ्न योग्य छ । वहाँ
आफ्नै प्रतिभा र क्षमताको वलले नेपालको राणाकालिन समयमा तल्लो तह बाट जागिर खाँदै श्री ३ चन्द्र शमशेरको
पालामा मुन्सिखाना (परराष्ट्र मन्त्रालय ) मा सुब्बा पदमा कार्यरत रहदा बि.सं . १९६० मा तत्कालीन भारतमा रहेको
बृटिश सरकारले  भोट ( तिब्बत ) संग युद्ध गर्न नेपालको बाटो र सैनिक सहायता माग्यो ।  त्यसमा चन्द्र शमसेर  
राजी भएपनी देवीप्रसादले मान्नु भएन। त्यो बेलाको सुब्बा पदको जागिर भनेको अहिलेको सचीव स्तरियो थियो ।
 त्यो बेला देवीप्रसाद भन्दा माथी चन्द्र शमशेर मात्र थिए। त्यो बेला काजी र सरदारले न हेरि मुन्सिखानाको काम
काज देवीप्रसादले नै हेर्नू हुन्थ्यो । यसरी वि. सं. १९०३ मा नेपाल र भोट बिचको सन्धिको त्यो प्रस्ताव बिपरित
भएको र रास्ट्रियताको अडान देवीप्रसादले न छोडेको देखेर चन्द्र शमशेर क्रुद्ध भए । किनभने उनी बृटिश लाई
खुशी पारेर आफ्नो शासन ब्यवस्था लम्ब्याउन चाहान्थे । उनी बृटिश सरकार लाई चिढयाउन चहादैन थिए ।
त्यसैले चन्द्र शमशेरले देवीप्रसादको कुरा न सुनी वहाँलाई करवाही गर्ने निधो गरेको  कुरा देवीप्रसादले थाहा
पाई भारतको बनारस तिर सुटुक्क लाग्नु भयो। । देवीप्रसाद बनारस तिर पलायन भएको भोलिपल्ट नै चन्द्र
शमसेरले देवी प्रसाद लाई देशद्रोह गरेको आरोप लागाइ जागिर बाट निष्कासन गरि वहाँको  सारा सम्पतिहरु हरण
गरेको कुरा ईतिहास अध्यन गर्दा थाहा पाइन्छ ।भारतको बनारसमा देवीप्रसादले निर्वासित जीवन बिताउदा पनि
वहाँ त्यहाँ चुप लागेर बस्नु भएन । राणा शासन लाई अन्त्य न गरि म नेपाल नै फर्किन्न भन्ने वहाँले कठोर उदेश्य र
प्रण  लिनु भयो । बनारसमा बस्दा आफ्नै श्रोत त  साधनले एउटा  प्रेसको स्थापना गरि “ गोर्खाली “ नामक विचार
प्रधान पत्रीका चलाइ राणा बिरोधी अभियानको  थालनी गर्नु भयो । उक्त  पत्रीकामा त्यो बेला त्यहाँका नेपाली
विद्यार्थीहरु  पिताजी कृष्ण प्रसाद कोइराला ,सूर्य विक्रम ज्ञवाली , धरणीधर कोइराला  लगायत धेरै साहित्यकार ,
लेखक , बुद्धिजीवी र राजनितिज्ञहरुले विभिन्न लेखहरु लेखी  राणा बिरोधी चेतनाहरु  जगाउने  कामहरु गरेका
गरेको पाइन्छ ।
चार बर्ष सम्म प्रकाशनमा  रहेको गोर्खाली पत्रीका माथि भारतको बृटिश सरकारले चन्द्र शमशेरको अनुरोधमा  
प्रतिबन्ध लगाएको थियो र केही दिन सम्म  बनारसको अंग्रेजÞको स्थानिय प्रशासन लाई न सोधी देवी प्रसाद लाई   
बनारस न छोडन आदेश गरेको थियो।
त्यस्को केहि बर्ष पछि नेपाल बाट  बनारस पढन गएका नेपाली बिद्यार्थीहरु , भारतीय सेना बाट अवकाश प्राप्त
प्रवासमा बस्ने नेपालीहरु , बनारसमा स्थाइ रुपमा  बसोबास गर्ने स्थानिय  नेपालीहरु र बीपी कोइरालाको प्रयासमा
बनारसको दूध विनायकमा “ अखिल भारतिय नेपाली रास्ट्रिय काङ्ग्रेस “ नामक राजनिती दलको जन्म भयो।
त्यसका सभापती संस्थापक अध्यक्ष देवीप्रसाद सापकोटा र संयोजक बीपी कोइराला हुनु भयो । त्यस संगठनमा
उपसभापति बाल चन्द्र शर्मा , महामन्त्रीमा कृष्णप्रसाद भट्टराई , प्रचार मन्त्रीमा गोपालप्रसाद भट्टराई र कार्य
समितिका अन्य सदश्यहरुमा बटुकप्रसाद भट्टराई , नरेन्द्र रेग्मी र देवीप्रसाद का छोराहरु लक्ष्मीप्रसाद सापकोटा र
दीनानाथ सापकोटा रहेका थिए भने कार्यालय सचिवमा साहित्यकार ईश्वर बराल रहेका थिए। त्यो संगठन लाई
अहिलेको नेपाली काङ्ग्रेसको पहिलो संगठन  र तदर्थ समिती भन्दा हुन्छ ।  यो संगठनको मूल उदेश्य नेपालको
राणा शासनको अन्त्य र प्रजातन्त्रको बहाली रहेको थियो।
२००७ सालको क्रान्ति पछी नेपालमा प्रजातन्त्र आयो। देवीप्रसाद र वहाँका परिवारजन  लगभग ५२ बर्षको प्रवास
पछी  बनारस बाट नेपाल भित्रिए । वहाँ त्यो बेला  कान पनि राम्ररी न सुन्ने र आँखा पनि राम्ररी न देख्ने  बुढो र
कमजोर भइ सक्नु भएको थियो। वहाँले  त्यो बेला राजनितीमा लाग्ने त कुरै भएन । आफ्नो हरण भएको क्षेत्रपाटी
ठमेल छेउको  घर घडेरी तथा काठमाडौं आसपास र अन्य जिल्लाहरुमा आफुले जोडेको  जग्गा जमिनहरु  फिर्ता
गर्ने तिर लाग्नु भयो। पहिले त राजा त्रिभुवन लाई भेट गरि आफ्नो हरण भएको सम्पत्तिहरु फिर्ता पाउन र फिर्ता हुन
नके उचित मुआब्जा पाउन अनुरोध गर्नु भयो। राजाले पनि त्यो बेलाका प्रधानमन्त्री मात्रृकाप्रसाद कोइराला लाई
 देवीप्रसादकै सामुन्ने उचित मुआब्जा दिने बचन दिनु भयो। तर पछी राजा त्रिभुवनको  वचन र खेर गयो।
प्रधानमन्त्री मातृकाप्रसाद कोईरालाले “ क्याबिनेट “ मा लगेर पास गरि उचित मुआब्जा दिलाउछु भन्दा भन्दै ढिला
सुस्ती भयो।   कसैले पनि वहाँ लाई त्यो बेला सहयोग गरेनन् । सहयोग गर्ने आशा मात्र दिलाइ रहे। त्यो बेलाका सबै
नेताहरु आआफ्नो सत्ता स्वार्थमा लागे। त्यसै बिचमा राजा त्रिभुवनको मृत्युु भयो। काङ्ग्रेसमा नेताहरुको  झगडा र
रगडा भइ काङ्ग्रेस  फुटयो । काङ्ग्रेसका कोहि  नेताहरुले पनि   देवीप्रसादको  काम गरेनन् । बाध्य भइ वहाँले
अदालतमा मुद्दा दायर गर्नु भयो। मुद्दा लामो चल्यो। मुद्दा चरिरहेकै अवस्थामा वहाँको र वहाँका छोराहरुको पनि मृत्युु
 भयो। वहाँका नातिहरुले हरण भएको सम्पत्ति फिर्ता लिन अदालतमा  तारिख लेने कुरामा कुनै वास्त्ता नै
 गरेनन् र उक्त मुद्दा शायद आज पनि मुल्तवी मा छ कि डिसमिस फैसला भयो थाहा छैन ।
बिगत ८ बर्ष अघि काभ्रे जिल्लाका  बनेपा , पनौती र कुशादेवीका केही साहित्यकार , बुद्धिजीवी र नेपाली  
काङ्ग्रेसका नेताहरुले “  देवीप्रसाद सापकोटा प्रतिस्ठान “ स्थापना गर्नु भएको रहेछ । देवीप्रसादको ओझलमा
परेको नाम वहाँको योगदान लाई अगाडी ल्याउने वहाँहरुको उदेश्य रहेछ । वहाँहरुले नै मलाई देवीप्रसादको पनाती
भनेर खोजेर ल्याइ  अहिले यो प्रतिस्ठानको  अध्यक्ष बनाउनु भएको छ । यस्का लागी म  यो प्रतिस्ठान स्थापना  
गर्न  बिशेष गरि यो प्रतिस्ठान खडा गर्ने र देवी प्रसादको ईतिहास लाई  पुनर्लेखन र अनुसन्धान गर्नेहरु लाई
हार्दिक आभारप्रकट गर्दै यो  लेख लाई यहीं टुङ्याउने अनुमती माग्छु। धन्यवाद !

...

All Comments.......


Please Login/Register To Comments