चाँंगुनारायण । भक्तपुरको चागुनारायण नगरपालिकाबाट युवा उमेरका निरञ्जन दुलाल वडा उपसचिवमा निर्वाचित भएपछि अहिले उनको चर्चा चुलिएको छ । १९ वर्षीया निरञ्जन  शनिबार सम्पन्न भएको एमालेको वडा अधिवेशनबाट ८ नम्बर वडाको उपसचिवमा निर्विरोध निर्वाचित भएका हुन् । कक्षा ११ अध्ययन गर्दा नै एमालेको अनेरास्ववियुमा वडा र नगरपालिकामा आबद्ध भएका उनी अहिले वडा तहको अधिवेशनमा पार्टीको उपसचिव बनेका हुन् । ‘अनेरास्ववियुमा आबद्ध भएर अघि बढेको हुँ । एमालेकै भातृ संगठनमा आबद्ध भइसकेपछि म पार्टी कमिटीमै आबद्ध भएको हो, उनले एवीसीडी खवरलाई भने ।
ख्वप कलेजमा राजनीतिशास्त्र र पत्रकारिता विषयमा स्नातक अध्ययन गरिरहेका दुलाल अध्ययन र राजनीतिलाई सँगसँगै अघि बढाएर लैजाने बताउँछन । ‘यो त मेरो सुरुवात हो । अझ धेरै अघि बढ्नु छ । सानोबाट सुरुवात गरेको हो । युवाहरुले नै अब देशको विकास गर्नुपर्छ,’ उनले भने ‘राजनीति भनेको समाजसेवा हो भन्ने मेरो बुझाइ छ ।’
एमाले वडा उपसचिव बनेका १९ वर्षीय निरञ्जन भन्छन– देश बनाउने नै अब युवा पुस्ताले हो । मेरो बिचारमा अबको राजनीति र देश बिकासको लागि युवा पुस्ताको नै ठूलो हात रहेको छ । म यो राजनीतिमा एमाले नेता तथा चानपा ८ का वडाअध्यक्ष परासर सापकोटा, शिवराम तिमिल्सिना र युवा नेता गौतम दुलाललगायत अग्रजबाट प्रेरणा पाएर राजनीतिमा लागेको हु । राजनीतिक माध्यमबाट नै समाजसेवा रुपान्तरण गर्न सकिने मेरो बुझाइ छ ।

...

All Comments.......


Please Login/Register To Comments