काठमाडौं । बलिउड अभिनेत्री कंगना रनौतले चौथो पटक सर्वोत्कृष्ट अभिनेत्रीको पुरस्कार प्राप्त गरेकी छन्। भारतीय उपराष्ट्रपति वेंकैया नायडूले ६७ औं राष्ट्रिय फिल्म अवार्ड विजेता फिल्म र कलाकारलाई पुरस्कार हस्तान्तरण गरेका हुन्।

यसअघि कंगनाले २००८ मा फिल्म ‘फेसन’मा सहायक अभिनेत्रीको रुपमा पहिलो राष्ट्रिय पुरस्कार, २०१४ मा ‘रानी’ फिल्मको सर्वश्रेष्ठ अभिनेत्रीको रुपमा दोस्रो राष्ट्रिय पुरस्कार र २०१५ मा कंगनाले ‘तनु वेड्स मनु’ मा बेस्ट एक्ट्रेस को पुरस्कार पाएकी थिइन्।

मनोज वाजपेयीले ‘भोंसले’ र धनुषको ‘असुरन’बाट सर्वोत्कृष्ट अभिनेताको अवार्ड प्राप्त गरे। ६७ औं राष्ट्रिय फिल्म अवार्डमा नितेश तिवारीको निर्देशनमा रहेको फिल्म ‘छिछोरे’ उत्कृष्ट फिल्म घोषित भएको छ।

सुपरस्टार रजनीकान्त ‘दादासाहेब फाल्के’ अवार्डबाट सम्मानित भएका छन्। केन्द्र सरकारको सूचना तथा प्रसारण मन्त्रालय, केन्द्रीय सरकार अन्तर्गत आउने चलचित्र महोत्सव निर्देशनालयले अवार्ड दिने गरेको छ। अवार्ड समारोह कोरोना महामारीका कारण एक वर्ष ढिला भएको हो।...

All Comments.......


Please Login/Register To Comments